Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वकाे सरकार

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री कार्कीलेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका ४० जना सांसद र राप्रपाका ६ जना गरी ४६ जना सांसदले समर्थन गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे । आजको मत विभाजनमा ८९ जना सांसद उपस्थित थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन अथवा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । निर्णायक मत रहेको जनता समाजवादी पार्टीकी सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित भइनन् । गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन् । तर, उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन् ।

एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्की नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि कार्कीलेले एमालेका दुई जना, माओवादी केन्द्रका दुई जना, राप्रपा र जसपाका एक÷एक जना मन्त्री नियुक्त गरेका थिए । तर, सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि कार्कीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy