Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कपिलवस्तुमा गोली चल्यो प्रहरी प्रमुख सहित १७ घाइते

\"Andolanकपिलवस्तु । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा प्रहरी बिच झडप नियन्त्रणमा लिन कपिलवस्तु प्रहरीले ५ राउण्ड गोली चलाएको छ । गोली प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन् । कपिलवस्तु नगरपालिका ५ बस्ने राजेन्द्र महरा तथा वडा नम्बर १२ बस्ने पुन्यवासी कहाँरलाई गोली लागेको छ । कहारको पाखुरा तथा महराको घुडामा गोली लागेको मोर्चाका नेता तथा सभासद नरसिंह चौधरीले जानकारी दिनुभयो । झडपमा परि प्रहरी उपरिक्षक विक्रम गुरुङ्ग सहित ९ सुरक्षाकर्मी घाइते भएका छन् । ५ जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेहरुको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । मंगलबारको प्रहरी झडप पछि बुधबार विहानै देखि आक्रामक बनेका आन्दोलनकारीहरुले प्रशासन कार्यालयमा ढुंगा प्रहार गरेपछि दोहोरो झडप सुरु भएको थियो । प्रर्दशनकारीको भिडलाई नियन्त्रण गर्न प्रहरीले ५३ सेल अश्रुग्यास प्रहार गरेको थियो । दिउसो १२ बजे देखि प्रहरी तथा प्रर्दशनकारी बिचको झडप बेलुका ६ बजे सम्म जारी थियो । प्रमुख प्रहरी उपरीक्षक विक्रम गुरुङ्गले केहि आन्दोलनकारीहरुलाई पक्राउ गरिएको बताउनुभयो । सुरक्षा समितिको वैठक बसिरहेको उहाले जानकारी दिनुभयो । यता मोर्चाका नेता तथा सभासद वृजेश कुमार गुप्ताले मधेश आन्दोलनलाई बदनाम गराउन केहि दलले आफ्ना कार्यकर्ता छिराएर हिंसक बनाउन खोजेको आरोप लगाउनुभयो । उहाले घुसपैठ भएको कारणले नै आन्दोलन उग्र हुन पुगेको बताउनुभयो । आन्दोलन असफल पार्न विभिन्न तत्वले खेल खेलेको बताउदै गुप्ताले आफुहरुको आन्दोलन शान्तिपुर्ण रहेको दाबी गर्नुभयो । कार्यकर्ताहरुले बुधबार विहानै तिर्तिखी गाविस कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव राजेश कुर्मीले जानकारी दिनुभएको छ । मंगलबार आन्दोलनकारीहरुले जिल्लाका २ वटा सरकारी कार्यालयम आगजनी भएको छ । आन्दोलनले हिंसक रुप लिन थालेपछि स्थानियबासीहरुले शान्तिपूर्ण आन्दोलन गर्न मोर्चा संग आग्रह गरेका छन् । मोर्चाको माग जायज भएपनि आन्दोलन उग्र बन्दै गएको प्रति मानवअधिकारकर्मी तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् । यसै गरि शशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्यादपुरले एक थान बन्दुक नियन्त्रणमा लिएका छन् । बैदौली ३ मा आन्दोलनकारीले बन्दुक लिएर प्रर्दशन गर्दै गर्दा प्रहरीले १२ बोरको उक्त हथियार नियन्त्रणमा लिएको थियो । सुरक्षा बलले हथियार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । यता प्रहरी उपरिक्षक गुरुङ्गले आन्दोलनकारीले सरकारी कार्यालयलाई लक्षित गरेको हुदा कार्यालयहरुमा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending