Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

कपिलवस्तुमा गोली चल्यो प्रहरी प्रमुख सहित १७ घाइते

\"Andolanकपिलवस्तु । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा प्रहरी बिच झडप नियन्त्रणमा लिन कपिलवस्तु प्रहरीले ५ राउण्ड गोली चलाएको छ । गोली प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन् । कपिलवस्तु नगरपालिका ५ बस्ने राजेन्द्र महरा तथा वडा नम्बर १२ बस्ने पुन्यवासी कहाँरलाई गोली लागेको छ । कहारको पाखुरा तथा महराको घुडामा गोली लागेको मोर्चाका नेता तथा सभासद नरसिंह चौधरीले जानकारी दिनुभयो । झडपमा परि प्रहरी उपरिक्षक विक्रम गुरुङ्ग सहित ९ सुरक्षाकर्मी घाइते भएका छन् । ५ जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेहरुको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । मंगलबारको प्रहरी झडप पछि बुधबार विहानै देखि आक्रामक बनेका आन्दोलनकारीहरुले प्रशासन कार्यालयमा ढुंगा प्रहार गरेपछि दोहोरो झडप सुरु भएको थियो । प्रर्दशनकारीको भिडलाई नियन्त्रण गर्न प्रहरीले ५३ सेल अश्रुग्यास प्रहार गरेको थियो । दिउसो १२ बजे देखि प्रहरी तथा प्रर्दशनकारी बिचको झडप बेलुका ६ बजे सम्म जारी थियो । प्रमुख प्रहरी उपरीक्षक विक्रम गुरुङ्गले केहि आन्दोलनकारीहरुलाई पक्राउ गरिएको बताउनुभयो । सुरक्षा समितिको वैठक बसिरहेको उहाले जानकारी दिनुभयो । यता मोर्चाका नेता तथा सभासद वृजेश कुमार गुप्ताले मधेश आन्दोलनलाई बदनाम गराउन केहि दलले आफ्ना कार्यकर्ता छिराएर हिंसक बनाउन खोजेको आरोप लगाउनुभयो । उहाले घुसपैठ भएको कारणले नै आन्दोलन उग्र हुन पुगेको बताउनुभयो । आन्दोलन असफल पार्न विभिन्न तत्वले खेल खेलेको बताउदै गुप्ताले आफुहरुको आन्दोलन शान्तिपुर्ण रहेको दाबी गर्नुभयो । कार्यकर्ताहरुले बुधबार विहानै तिर्तिखी गाविस कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव राजेश कुर्मीले जानकारी दिनुभएको छ । मंगलबार आन्दोलनकारीहरुले जिल्लाका २ वटा सरकारी कार्यालयम आगजनी भएको छ । आन्दोलनले हिंसक रुप लिन थालेपछि स्थानियबासीहरुले शान्तिपूर्ण आन्दोलन गर्न मोर्चा संग आग्रह गरेका छन् । मोर्चाको माग जायज भएपनि आन्दोलन उग्र बन्दै गएको प्रति मानवअधिकारकर्मी तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् । यसै गरि शशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्यादपुरले एक थान बन्दुक नियन्त्रणमा लिएका छन् । बैदौली ३ मा आन्दोलनकारीले बन्दुक लिएर प्रर्दशन गर्दै गर्दा प्रहरीले १२ बोरको उक्त हथियार नियन्त्रणमा लिएको थियो । सुरक्षा बलले हथियार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । यता प्रहरी उपरिक्षक गुरुङ्गले आन्दोलनकारीले सरकारी कार्यालयलाई लक्षित गरेको हुदा कार्यालयहरुमा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy