Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

असार १५ः नेतालाई मस्ति हुँदा किसानलाई सास्ती

खबरडबली संवाददाता

काठमाडौं । आज देशभर धान दिवस मनाइएको छ । केही वर्ष सम्म धानखेतीका लागि उर्वर भुमीका रुपमा रहेका फाँटहरु यतिबेला क्रंकिटले भरीएका छन् ।

तराइका समथर भू-भाग देखी पहाडी भूगाेलमा रहेका खोला किनारका फाँटहरुमा यतिबेला धान हैन विदेशमा कामाइ भएको पैसाकाे लागनी क्रंकिटका घरहरू धमाधम निर्माण भइ रहेका छन् ।

धान खेतीका लागि देशका झापा मोरङ, चितवन, बारा, पर्सा लगायतका जिल्लाहरु प्रसिद्ध रहेका छन् । केही वर्षअघिसम्म धान खेती यहाँका अधिकांश किसानको मुख्य पेशा हुने गरेको भए पनि पछिल्लो समय भने अव्यवस्थित भवन निर्माण र बजारिकरणले गर्दा खेतीयोग्य जमिनको आकार तीव्र रुपमा घट्दो छ । यद्यपि असार १५ अर्थात् धान दिवसमा विभिन्न जिल्लाहरुमा रोपाइँका औपचारिक कार्यक्रम भव्य रुपमा मनाइएको छ ।

आज चितवनमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रोपाइँ कार्यक्रमका लागि अघिल्लो दिन नै चितवन पुगेका थिए ।

चितवन मात्रै हैन, ललितपुरकाे खुमलटारमा कृषिमन्त्रीले ट्याक्टरबाट नै धान राेपे । अधिकांश जिल्लाहरूमा मन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्ना संगठनका ब्यानरसहित खेतमा उपस्थित हुन भ्याएका छन् । उनीहरूलाइ कार्यकर्ताकाे बीचमा धान राेपाइँ र हिलाे खेलेका फाेटा खिच्न भ्याइनभ्याइ समेत भएकाे देखिएकाे छ ।

मन्त्री देखी सांसदहरु र दलका जिल्ला स्तरीय नेतहरु रोपाइँ कार्यक्रममा सहभागि भएर सामाजिक सञ्जालमा फोटाहरु प्रदर्शन गर्न भ्याइ नभ्याई रहेको अवस्था छ । वास्तविक किसान भने कहिले मल अभावमा त कहिले बाढीपहिरोले बाली बगाइदिँदा समस्यामा पर्ने गरेका छन् । यसपटक त लम्पी स्किन संक्रमणले गोरु थलिएर रोपाइँका लागि तयार नहुँदा ठूलो संख्यामा किसानको रोपाइँ नै प्रभावित बन्न पुगेको छ । यता तिर भने कसैको ध्यान गएको देखीँदैन ।

मन्त्री, सांसद तथा दलका नेताहरू खेतमा पुगेर धान रोपेका तस्बिर त खिचाए । तर, हरेक वर्ष किसानलाई चिन्तित बनाइरहेको मल अभाव र लम्पी स्किनको समाधान भने नेताहरूले पनि दिन सकेनन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy