Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मन्त्री ज्वालाको निर्देशन - राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा ढिलाई नगर्नु

खबरडबली संवाददाता

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढी पहिराबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनर्निर्माणका कार्यमा ढिलाई नगर्न निर्देशन दिएका छन् ।

असार पहिलो साता पाँचथरमा बाढी र पहिराले पु-याएको क्षतिको निरीक्षणका लागि आज पाँचथरको फिदिम आइपुगेका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा कुनै पनि प्रकारको ढिलाई नगर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिराको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफूले सरकारको प्रतिनिधिका रुपमा आएको वताउँदै मन्त्री ज्वालाले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गरे ।
“राहत, क्षतिपूर्ति र पुनर्निर्माणको कार्य नियमित काम जस्तो होइन्, यसमा ढिलाई हुनु हुँदैन्”, मन्त्री ज्वालाले भने, “अहिले सबै स्रोत साधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ ।” उनले बाढी पहिराका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन र स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उहाँले सुरक्षा निकायलाई निर्देशन दिए ।

असार २ गते आएको बाढीले क्षति पु¥याएका मेची राजमार्ग, तमोर कोरिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वाला सहितको टोली पाँचथर आएको हो । मन्त्री ज्वालाले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रकृया अघि बढाइने पनि बताए । यस्तै बाढीले बगाएको तमोर कोरिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकिन गरेर कार्य थालिने उनले वताए । 

सो क्रममा पाँचथरका प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले बाढी र पहिराका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नु परेको भन्दै पुनर्निर्माण चाँडो अघि बढ्नुपर्ने वताए । “फालेलुङ गाउँपालिकाभित्रै दुई वटा सडक पुल बग्दा नागरिकलाई सास्ती छ । सरकारको ध्यान मुख्य राजमार्गका अतिरिक्त अन्य संरचनामा पनि पुग्नुपर्छ”, प्रतिनिधि सभा सदस्य नेम्बाङले भने, “घरबार, खेतीपाती, जग्गाजमिन, पशुपंक्षी तथा अन्य संरचनामा क्षति भोगेका जिल्लावासीलाई चाँडो राहत र क्षतिपूर्ति दिन मैले वारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छु ।”

मन्त्री ज्वालाका साथ पूर्वमन्त्री नेम्बाङ, सडक विभागका महानिर्देश सुशीलबावु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल लगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका विभिन्न निकायका अधिकारीहरु सहभागी छन् । मन्त्री ज्वालाको टोलीले आज र भोलि यहाँका क्षतिग्रस्त सडक तथा अन्य संरचनाहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies