काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा वाकड क्षेत्रमा पैसाको थुप्रो लागेको छ। पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम र तरलता) को थुप्रो लागेको हो।
राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ। असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै, ४८ खर्ब ५९ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ। जसअनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.६२ प्रतिशतमा झरेको छ ।
असार दोस्रो सातासम्ममा वाणिज्य बैंकमा ४९ खर्व ४३ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्व ५६ अर्ब निक्षेप संकलन भएको छ।
निक्षेप बढ्दै जाँदा कर्जा प्रवाह भने सुस्त छ। यसबीचमा वाणिज्य बैंकहरूबाट ४३ खर्ब १ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ खर्व ५८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ।
बैंक तथा वित्तीय क्षेत्रमा असार महिनाको १४ दिनमै करिब ३१ अर्व निक्षेप थपिएको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने निकै कम छ गत असार २ सम्ममा बैंकिङ क्षेत्रमा ५५ खर्ब ६८ अर्ब निक्षेप रहँदा ४८ अर्व ५४ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो।
वाणिज्य बैंकमा मात्रै असार २ सम्ममा ४९ खर्ब ११ अर्व रुपैयाँ निक्षेप संकलन भएको थियो भने ४२ खर्ब ९८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो। यसबीचमा निक्षेप झण्डै ३२ अर्बले बढ्दा कर्जा प्रवाह भने ३ अर्बले बढेको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पर्याप्त हुनुमा अर्थतन्त्रको सुस्तता कारण रहेको सरोकारवालाहरू बताउँछन् । बजारबाट कर्जाको माग हुनका लागि केही समय पर्खनुपर्ने सरोकारवालाको भनाइ छ।
असार कर्जा असुलीको महिना भएकाले बैंकहरूले असुलीमा नै ध्यान दिएका छन्, जसका कारण पनि कर्जा लगानी सुस्त भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: