काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुनपर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो राजनीनामा दिनुनपर्ने निर्णय गरेको हाे ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले प्रतिपक्ष दलले माग गरे जस्तो प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरिएकाे बताए ।
प्रतिपक्ष दलले प्रधानमन्त्रीको कुरा नै नसुनी विरोध जनाएको गठबन्धनको निचोड रहेकाे पाण्डेकाे भनाइ छ । एमालेले प्रधानमन्त्रीको विरुद्ध संसद्मा अवरोध गरेको छ । राजीनामा माग गरेको भए पनि यो असंसदीय निर्णय रहेकाे पाण्डेले बताए । उनले भने- “प्रधानमन्त्रीले बोलेका विषयमा आपत्ति भयो भने आवाज उठाउन पाइन्छ । के बोलेको हो ? सोध्नुपर्ने विषय हो । कुरै नसुनी, राजीनामा माग गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निर्णय र संसद् फेस गर्ने निर्णय गरेको छ।”
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएकाे अभिव्यक्ति यतिबेला विवादीत भएकाे छ । सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएकाे प्रतिपक्षकाे आराेप रहेकाे छ ।
त्यसलाई लिएर नेकपा (एमाले) सहित विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन् । विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: