Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

‘केही कुरा नरेशसँग’ ल्याउँदै भट्टराई

खबरडबली संवाददाता

काठमाडाैं । लामो समय देखि निरन्तर बोल्ने पेशामा लागेका नरेश भट्टराई अहिले पनी उत्तिकै व्यस्त रहेका छन् । आफुलाई माइक जीवि भन्ने भट्टराई माइक कै कारण आफ्नो परिचय बनेको बताउछन् ।

निरत्तर २५ बर्ष देखि माइकमै बोली रहेका उनी आफ्नो करियरमा कुनै पनि बेला एक महिना पनि बिश्राम नलिएको बताउँछन् । रेडियो नेपालमा स्वर परिक्षा पास गरेर अध्यात्म ज्योति एफएम १०० मेघाहर्जबाट पेशागत रुपमा बोल्न थालेका नरेश हाल इमेज एफ.एम.९७.९ मेगाहर्जमा कार्यरत रहोका छन् । फरक फरक किसिमका कार्यक्रमहरु संचालन गर्दै आएका नरेशको चलचित्रका कार्यक्रम र बिहान ८ बजे देखि १० बजे सम्म आउने कार्यक्रम ‘शुभदिन’ सर्वाधिक चर्चित र लोकप्रिय मानिन्छ । बिगत १९ बर्ष देखि निरन्तर संचालन हुँदै आएको नरेशको कार्यक्रम ‘शुभदिन’को थेसिस समेत लेखिएको छ ।

नरेशलाई अझ लोकप्रिय र चर्चित बनाउने कार्यक्रमहरु नेपालको पहिलो डान्स रियालिटी शो ‘आँगन’, इमेज च्यानलमा आउने कार्यक्रम ‘चलचित्र’,टिटिभीमा आउने कार्यक्रम ‘लभ एण्ड लाइफ’, एपीवानबाट प्रशारण भएको रियालिटी शो ‘नेपाल लोक स्टार’ सिजन वन,प्राइम टीभीमा प्रशारण हुने कार्यक्रम ‘मेरो एउटा साथी छ’ र इन्टरनेसनल नेपाली डान्स रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ हुन् । 

भर्सटाएल नरेश दर्जनौ म्युजिक भिडियोका मोडल, दर्जन भन्दा बढी टेलिभिजन एडका मोडल, दर्जन चलचित्र तथा टेली चलचित्र ‘गहना’ का मुख्य कलाकार, ३०० भन्दा बढी गीतका लेखक, कुनै समयका व्यस्त प्रशिक्षक भए पनी आफुलाइ संचारकर्मीको रुपमा मात्र चिनाउन चाहन्छन् ।  ‘हाम्रो मिलन कहिले हुन्छ’ र ‘बबी’ चलचित्रका लेखक समेत रहेका नरेशले लेखेको नयाँ चलचित्र छायाँकनको तरखरमा रहेको छ । उक्त चलचित्र उनकै बेस्ट फ्रेन्ड मिलन चाम्सले निर्देशन गर्नेछन्।

उबेला राजपरिवारको उपस्थितीमा हुने देखि अहिले राष्ट्रपती भवनमा हुने विभिन्न कार्यक्रमहरुको उद्घोषक (मास्टर अफ सेरोमोनी) नरेश कर्पोरेट सेक्टर देखि मनोरंजन क्षेत्रका कार्यक्रमहरुमा व्यस्त रहने गर्दछन् । कार्यक्रम संचालनमा उनको मौलिक शैलीले गर्दा उनि संधै आयोजकको रोजाइमा पर्दछन् । उनको २५ बर्षको करियरमा २५ सय भन्दा बढी स्टेज शोको अनुभव रहेको नरेश बताउँछन् ।

बेला बेलामा विभिन्न संघ संस्थाहरुबाट पुरस्कार सम्मान प्राप्त गरेका नरेशको महत्वपूर्ण सम्मान भने ‘भ्वाइस अफ नेपाल २०१४’ रहेको छ । रेडियो, टेलिभिजन स्टेजको लोकप्रियतालाई मध्य नजर गरेर कलश इभेन्टले उक्त सम्मान नरेशलाइ प्रदान गरेको थियो । उनै नरेशले बोल्दै गरेको फोटो अङ्कित टि शर्ट छपाएर बजारमा बिक्रि समेत गरिएको थियो ।

यती धेरै अनुभव संगालेका नरेशले जिन्दगीका धेरै सिकाई, भोगाइ र अनुभव ‘केही कुरा नरेश संग’ मार्फत बाहिर ल्याउने तयारी गरेका छन् । उनले भने ‘अहिले जे छु, जस्तो छु । त्यो सबै दर्शक श्रोताको मायाले हो । अझै दर्शक श्रोताको मन जित्न र पोजेटिभ भाइब्स दिन नयाँ कार्यक्रम ल्याउन लागेको हो ।’ उनले भने -‘अहिले धेरै टेलिभिजन छन् । ती टेलिभिजनमा अनगिन्ती कार्यक्रम छन् । ती कार्यक्रम भन्दा मेरो कार्यक्रम केहि भिन्न हुनेछ । उस्तै भए मैले गर्नुको औचित्य के रह्यो र’ भट्टराईले थपे । कार्यक्रम संचालनका लागी विदेश गइरहने नरेशको नयाँ कार्यक्रम ‘केही कुरा नरेश संग’ को छायाँकन बिदेशमा समेत गरिने उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending