Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

‘केही कुरा नरेशसँग’ ल्याउँदै भट्टराई

खबरडबली संवाददाता

काठमाडाैं । लामो समय देखि निरन्तर बोल्ने पेशामा लागेका नरेश भट्टराई अहिले पनी उत्तिकै व्यस्त रहेका छन् । आफुलाई माइक जीवि भन्ने भट्टराई माइक कै कारण आफ्नो परिचय बनेको बताउछन् ।

निरत्तर २५ बर्ष देखि माइकमै बोली रहेका उनी आफ्नो करियरमा कुनै पनि बेला एक महिना पनि बिश्राम नलिएको बताउँछन् । रेडियो नेपालमा स्वर परिक्षा पास गरेर अध्यात्म ज्योति एफएम १०० मेघाहर्जबाट पेशागत रुपमा बोल्न थालेका नरेश हाल इमेज एफ.एम.९७.९ मेगाहर्जमा कार्यरत रहोका छन् । फरक फरक किसिमका कार्यक्रमहरु संचालन गर्दै आएका नरेशको चलचित्रका कार्यक्रम र बिहान ८ बजे देखि १० बजे सम्म आउने कार्यक्रम ‘शुभदिन’ सर्वाधिक चर्चित र लोकप्रिय मानिन्छ । बिगत १९ बर्ष देखि निरन्तर संचालन हुँदै आएको नरेशको कार्यक्रम ‘शुभदिन’को थेसिस समेत लेखिएको छ ।

नरेशलाई अझ लोकप्रिय र चर्चित बनाउने कार्यक्रमहरु नेपालको पहिलो डान्स रियालिटी शो ‘आँगन’, इमेज च्यानलमा आउने कार्यक्रम ‘चलचित्र’,टिटिभीमा आउने कार्यक्रम ‘लभ एण्ड लाइफ’, एपीवानबाट प्रशारण भएको रियालिटी शो ‘नेपाल लोक स्टार’ सिजन वन,प्राइम टीभीमा प्रशारण हुने कार्यक्रम ‘मेरो एउटा साथी छ’ र इन्टरनेसनल नेपाली डान्स रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ हुन् । 

भर्सटाएल नरेश दर्जनौ म्युजिक भिडियोका मोडल, दर्जन भन्दा बढी टेलिभिजन एडका मोडल, दर्जन चलचित्र तथा टेली चलचित्र ‘गहना’ का मुख्य कलाकार, ३०० भन्दा बढी गीतका लेखक, कुनै समयका व्यस्त प्रशिक्षक भए पनी आफुलाइ संचारकर्मीको रुपमा मात्र चिनाउन चाहन्छन् ।  ‘हाम्रो मिलन कहिले हुन्छ’ र ‘बबी’ चलचित्रका लेखक समेत रहेका नरेशले लेखेको नयाँ चलचित्र छायाँकनको तरखरमा रहेको छ । उक्त चलचित्र उनकै बेस्ट फ्रेन्ड मिलन चाम्सले निर्देशन गर्नेछन्।

उबेला राजपरिवारको उपस्थितीमा हुने देखि अहिले राष्ट्रपती भवनमा हुने विभिन्न कार्यक्रमहरुको उद्घोषक (मास्टर अफ सेरोमोनी) नरेश कर्पोरेट सेक्टर देखि मनोरंजन क्षेत्रका कार्यक्रमहरुमा व्यस्त रहने गर्दछन् । कार्यक्रम संचालनमा उनको मौलिक शैलीले गर्दा उनि संधै आयोजकको रोजाइमा पर्दछन् । उनको २५ बर्षको करियरमा २५ सय भन्दा बढी स्टेज शोको अनुभव रहेको नरेश बताउँछन् ।

बेला बेलामा विभिन्न संघ संस्थाहरुबाट पुरस्कार सम्मान प्राप्त गरेका नरेशको महत्वपूर्ण सम्मान भने ‘भ्वाइस अफ नेपाल २०१४’ रहेको छ । रेडियो, टेलिभिजन स्टेजको लोकप्रियतालाई मध्य नजर गरेर कलश इभेन्टले उक्त सम्मान नरेशलाइ प्रदान गरेको थियो । उनै नरेशले बोल्दै गरेको फोटो अङ्कित टि शर्ट छपाएर बजारमा बिक्रि समेत गरिएको थियो ।

यती धेरै अनुभव संगालेका नरेशले जिन्दगीका धेरै सिकाई, भोगाइ र अनुभव ‘केही कुरा नरेश संग’ मार्फत बाहिर ल्याउने तयारी गरेका छन् । उनले भने ‘अहिले जे छु, जस्तो छु । त्यो सबै दर्शक श्रोताको मायाले हो । अझै दर्शक श्रोताको मन जित्न र पोजेटिभ भाइब्स दिन नयाँ कार्यक्रम ल्याउन लागेको हो ।’ उनले भने -‘अहिले धेरै टेलिभिजन छन् । ती टेलिभिजनमा अनगिन्ती कार्यक्रम छन् । ती कार्यक्रम भन्दा मेरो कार्यक्रम केहि भिन्न हुनेछ । उस्तै भए मैले गर्नुको औचित्य के रह्यो र’ भट्टराईले थपे । कार्यक्रम संचालनका लागी विदेश गइरहने नरेशको नयाँ कार्यक्रम ‘केही कुरा नरेश संग’ को छायाँकन बिदेशमा समेत गरिने उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

आजको मौसम पूर्वानुमानः एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रह...

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy