Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

जब बाबुरामले झुक्किएर नेपालको प्रदेश ‘पंजाव’ हो भने...

\"baburam_rambrichha\"काठमाडौं । बुधबार एकिकृत नेकपा माओवादीले जनयुद्धको तयारीको चरणमा मारिएका आफ्ना नेता रामवृक्ष यादवको स्मृति कार्यक्रम आयोजना गरेको थियो ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ नआउने भएपश्चात अर्का नेता बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदै थियो ।   निर्धारित समयभन्दा केही अगाडी नै आइपुगेका भट्टराई पेरिसडाँडा कार्यालयमा रहेको आफ्नो कार्यकक्षमा केहीबेर बसे । बाहिर पानी सिमसिम परिरहेको थियो । विहानको ११ बजेका लागि आयोजना गरिएको कार्यक्रममा नेता–कार्यकर्ताहरुको उपस्थिति पातलो थियो ।   एमाओवादीका महासचिब कृष्णबहादुर महरा कार्यक्रम हलको ढोकामा बसेर भित्र र बाहिर च्याइरहेका थिए र भनिरहेका थिए–‘अब कार्यक्रम सूरु गरिहाल्ने हो’ । तर उनि र्काक्रममा झिनो उपस्थितिले निन्याउरो देखिन्थे ।   केही समयमै हल भरियो । महरा लगायतका नेताहरु अलि उज्याला देखिए ।   केही नेताहरु थपिए । सचिव वर्षमान पुन, कोषाध्यक्ष हरिबोल गजुरेल, नेतृ हिसिला यमि, अग्नि सापकोटा, झक्कु सुवेदी, गंगा श्रेष्ठ, शालिकराम जम्मकट्टेल लगायतका नेताहरु आए । रामचन्द्र झा समय अघि नै आइसकेका थिए । पत्रकारहरु बाक्लै थिए ।   अग्नि सापकोटाले संचालन गरेको कार्यक्रममा रामवृक्षप्रति माल्यर्पण तथा श्रदान्जली सकिनासाथ अर्का नेता रामचन्द्र झाले बोले । श्रादन्जली र रामवृक्षको चर्चाका अतिरिक्त  उनले प्रदेश नं. २ को सिमाकंन सहि रहेकोले भड्काउमा नलाग्न नेताहरुलाई सुझाए ।   नेता बाबुराम भट्टराईको पालो आए । उनले पनि यादवप्रति श्र्रदान्जली र उनको आदर्श जिवनको चर्चा गरे । अहिले भइरहेको मधेश आन्दोलनमा दिवंगत नेता यादव अभाव खड्किएको बताए ।   ‘अलिकति आजको राजनीतिको कुरा गरौं’ भन्दै भट्टराई संविधान निर्माण र संघियताको विषयमा प्रबेश गरे । भट्टराईले केही शिर्ष नेताहरुमा हठ र परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने समस्या रहेको बताएपछि उनले खण्ड र अखण्डको बारेमा बोले ।   नेताहरुबीच सहमति भए मुताविक ६ प्रदेशमा केही नमिलेपनि शक्ति सन्तुलनको आधारमा हुने यक्ति हो भनेर स्पष्टिकरण दिए लगत्तै उनिपनि प्रदेश नं. २ मा प्रवेश गरे । साधनस्रोत नभएको र प्रदेश नं. लाई पहाडी भुगोलहरु पनि थप्न पर्ने कुराको खण्डन गर्दै उनले छिमेकी राष्ट्र भारतमा रहेको पन्जावको उद्धरण दिए । भने ‘मैले त ६,७ वर्ष उतै पढेको  । सम्म भुगोलमात्रै भएको आधारमा पन्जाव भारतको कुन प्रान्तभन्दा कमजोर छ र ?  मलाई केही ज्ञान छ –नेपालको पन्जाव प्रदेशमा कहाँ पहाड छ ?’   हलमा विस्तारै हाँसो छुट्यो । सूरुमा त भट्टराईले कुरा बुझेनन् । हाँसो बढ्दै गएपछि हलकालाई भट्टराईले सोध्न नपाउँदै हलबाट कसैले भट्टराईको भनाईलाई सच्यायो ‘भारतको पन्जाव’ !   भट्टराईले तत्कालै चतुर्याईपूर्वक सच्याए—‘ए मैले त्यसो भनेँ ? ठिकै छ । यताको उता जाने गथ्र्यो उताको यता ल्याइएछ, केही आपत्ति भएन’ ।   फेरी भट्टराई पत्रकारहरुतिर संकेत गर्दै हच्किए–‘खालि ठट्टा मात्रै हो है साथिहरु फेरी...’   हलभरी फेरी हाँसो गुन्जियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending