जब बाबुरामले झुक्किएर नेपालको प्रदेश ‘पंजाव’ हो भने...
भाद्र ३ गते, २०७२ बिहिवार 20th August, 2015 Thu११:४९:०४ मा प्रकाशित
काठमाडौं । बुधबार एकिकृत नेकपा माओवादीले जनयुद्धको तयारीको चरणमा मारिएका आफ्ना नेता रामवृक्ष यादवको स्मृति कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ नआउने भएपश्चात अर्का नेता बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदै थियो ।
निर्धारित समयभन्दा केही अगाडी नै आइपुगेका भट्टराई पेरिसडाँडा कार्यालयमा रहेको आफ्नो कार्यकक्षमा केहीबेर बसे । बाहिर पानी सिमसिम परिरहेको थियो । विहानको ११ बजेका लागि आयोजना गरिएको कार्यक्रममा नेता–कार्यकर्ताहरुको उपस्थिति पातलो थियो ।
एमाओवादीका महासचिब कृष्णबहादुर महरा कार्यक्रम हलको ढोकामा बसेर भित्र र बाहिर च्याइरहेका थिए र भनिरहेका थिए–‘अब कार्यक्रम सूरु गरिहाल्ने हो’ । तर उनि र्काक्रममा झिनो उपस्थितिले निन्याउरो देखिन्थे ।
केही समयमै हल भरियो । महरा लगायतका नेताहरु अलि उज्याला देखिए ।
केही नेताहरु थपिए । सचिव वर्षमान पुन, कोषाध्यक्ष हरिबोल गजुरेल, नेतृ हिसिला यमि, अग्नि सापकोटा, झक्कु सुवेदी, गंगा श्रेष्ठ, शालिकराम जम्मकट्टेल लगायतका नेताहरु आए । रामचन्द्र झा समय अघि नै आइसकेका थिए ।
पत्रकारहरु बाक्लै थिए ।
अग्नि सापकोटाले संचालन गरेको कार्यक्रममा रामवृक्षप्रति माल्यर्पण तथा श्रदान्जली सकिनासाथ अर्का नेता रामचन्द्र झाले बोले । श्रादन्जली र रामवृक्षको चर्चाका अतिरिक्त उनले प्रदेश नं. २ को सिमाकंन सहि रहेकोले भड्काउमा नलाग्न नेताहरुलाई सुझाए ।
नेता बाबुराम भट्टराईको पालो आए । उनले पनि यादवप्रति श्र्रदान्जली र उनको आदर्श जिवनको चर्चा गरे । अहिले भइरहेको मधेश आन्दोलनमा दिवंगत नेता यादव अभाव खड्किएको बताए ।
‘अलिकति आजको राजनीतिको कुरा गरौं’ भन्दै भट्टराई संविधान निर्माण र संघियताको विषयमा प्रबेश गरे । भट्टराईले केही शिर्ष नेताहरुमा हठ र परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने समस्या रहेको बताएपछि उनले खण्ड र अखण्डको बारेमा बोले ।
नेताहरुबीच सहमति भए मुताविक ६ प्रदेशमा केही नमिलेपनि शक्ति सन्तुलनको आधारमा हुने यक्ति हो भनेर स्पष्टिकरण दिए लगत्तै उनिपनि प्रदेश नं. २ मा प्रवेश गरे । साधनस्रोत नभएको र प्रदेश नं. लाई पहाडी भुगोलहरु पनि थप्न पर्ने कुराको खण्डन गर्दै उनले छिमेकी राष्ट्र भारतमा रहेको पन्जावको उद्धरण दिए । भने ‘मैले त ६,७ वर्ष उतै पढेको । सम्म भुगोलमात्रै भएको आधारमा पन्जाव भारतको कुन प्रान्तभन्दा कमजोर छ र ? मलाई केही ज्ञान छ –नेपालको पन्जाव प्रदेशमा कहाँ पहाड छ ?’
हलमा विस्तारै हाँसो छुट्यो । सूरुमा त भट्टराईले कुरा बुझेनन् । हाँसो बढ्दै गएपछि हलकालाई भट्टराईले सोध्न नपाउँदै हलबाट कसैले भट्टराईको भनाईलाई सच्यायो ‘भारतको पन्जाव’ !
भट्टराईले तत्कालै चतुर्याईपूर्वक सच्याए—‘ए मैले त्यसो भनेँ ? ठिकै छ । यताको उता जाने गथ्र्यो उताको यता ल्याइएछ, केही आपत्ति भएन’ ।
फेरी भट्टराई पत्रकारहरुतिर संकेत गर्दै हच्किए–‘खालि ठट्टा मात्रै हो है साथिहरु फेरी...’
हलभरी फेरी हाँसो गुन्जियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: