ललितपुर । स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । ललिपुर प्रहरीका अनुसार १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको ।
१८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो ।
सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन भएको प्रहरीले बताएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।
घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रुपमा प्रयोग भएको पाइएको प्रहरीको दाबी छ ।
सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकल रस्कुलमा चढेर भाग्ने गरेका थिए । ‘बच्चालाई छोडेर प्रतिकार गर्न नसक्ने भएकाले स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेको देखिन्छ’ ललितपुर प्रहरी प्रमुख शिद्धिविक्रम शाहले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: