काठमाडौं । राम्रो या नराम्रो काम गरेर मान्छे चर्चामा आई नै रहन्छन् । यतिबेला नेपाली कांग्रेस सांसद एवम सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा पनि चर्चामा रहेकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अडीयो काण्डमा नाम जोडीएकी उनी पुन अर्को फण्डामा परेकी छन् । राणले धनगढीस्थित आफनो निजी घर मर्मतका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ लिएको कुरा अहिले निकै चर्चामा रहेको छ ।
स्थानीय सञ्चार माध्ययमले आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख बजेट विनियोजन गरेको समाचार प्रकाशन गरेका थिए । आरजुले ०७४ सालको संघीय निर्वाचनमा टुरिस्ट उम्मेदवारको आरोप लागेपछि कैलालीको धनगढीमा घर खरिद गरेकी थिइन् । सोही घर मर्मत गर्नका लागि प्रदेश सरकारबाट १० लाख लिएको भन्दै उनको यतिबेला आलोचना भईरहेको छ । तर, सुदूरपश्चिम सरकारले भने सञ्चार माध्ययममा आएका समाचारलाई झुठो भनेको छ ।
तिव्र आलोचनापछि प्रदेशको भौतिक पूर्वाधार तथा आवास मन्त्रायले बुधबार जारी गरेको विज्ञप्तिमा आर्थिक २०८०.८१ को बजेटमा मन्त्री प्रकाश बहादुर देउवाको आवास भवन मर्मत तथा रंगरोगन गर्न बजेट छुट्याए पनि आरजुको घर मर्मतका लागि वजेट विनियोजन नगरिएको उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा मन्त्री देउवा हालसम्म पनि आफ्नै निवासमा बस्दै आएकाले उक्त बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको उल्लेख रिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: