Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

थाइल्यान्डमा तीन नेपाली बालबालीकालाई उपाधि

खबरडबली संवाददाता

काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल भएका छन् ।

बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शिर्ष उपाधि हात परेका हुन् । प्रतियोगीतामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जितेका थिए ।

प्रतियोगीतामा ग्रुप बि अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात परेकी छन् ।
त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जितेकी छन् ।

जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगीतामा नेपाल सहित भारत, युके, टर्की, श्रीलंका लगायत ३४ देशको सहभागीता रहेको थियो ।

बैंकक र पटाया गरेर आयोजना भएको कार्यक्रममा  नेशनल कस्टुम, ट्यालेन्ट शो, सुमिङ वेयर, फोटो सुट लगायत बिभिन्न चरणमा आयोजना भएको थियो । कार्यक्रममा नेपाली बालबालीकालाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो ।

नेपालको तर्फबाट सहभागी तीनै बालबालीकालाई गु्रमिङ गर्ने काम कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए, भने सिआइएफटीको ड्रेस र ग्लोसी गल्र्सले मेकअफ जिम्बेवारी सम्हालेका थिए ।

आर्नभ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।  भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।

त्यस्तै ११ वर्षीय सायरा पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् । 

त्यस्तै १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकार आफैले लिएर थाइल्यान्ड गएका थिए ।

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत दिएको इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकारले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending