ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका महिलाहरु लुगा धुने साबुन बनाउन थालेका छन् । प्युठानमा मूख्य कार्यालय रहेको फ्युचर ट्रिम ओरेन्टेसनको दुइदिने तालीम पश्चात महिलाहरु लुगाधुने साबुन बनाउन थालेका हुन् ।
ओरेन्टेसनको गाउँगाउँमा स्वरोजगारका लागि महिला जागरण कार्यक्रम अन्तरगत पैसा तिरेर सीप सिकेका स्थानीय महिलाहरुले आफैँ साबुन बनाउन थाले सँगै अहिले बजारको साबुन किन छाडेको उनीहरु बताउँछन् ।
आफैँले साबुन बनाउन थालेपछि २ महिनादेखि बजारको साबुन किन्न छाडेको स्थानीय बिमला फुयाल (धमला)ले बताइन् । दुई महिना देखी आफैँले घरैमा तयार गरेको साबुन प्रयोग गर्दै आएको उनको भनाइ छ ।
सःशुल्क सीप सिकाउने संस्था गाउँमा आएको मौकामा गाउँका एक दर्जन बढी महिलाहरुले दिनको ६ सय रुपैयाँ तिरेर २ दिन तालिम लिएका स्थानीय माधब धमलाको भनाइ छ । त्यसमध्ये ४ जना महिलाले अहिले निरन्तर रुपमा साबुन बनाइरहेको उनले बताए । तत्काल विक्रीका लागि नसोचिएको र घरायसी प्रयोजनका लागि बनाउने गरिएको उनले बताए ।
आफैँले बनाएको साबुन गुणस्तरीय समेत भएको उनीहरुको भनाई छ । साबुनका लागि चाहिने कच्चा पदार्थ भने तालिम दिने संस्थाले सशुल्क उपलब्ध गराउँदै आएको छ । संस्थाले उपलब्ध गराएको ७५० रुपैयाँको कच्चा पदार्थले तीन दर्जन बढी साबुन उत्पादन हुने र बजारमा किनीएको साबुन भन्दा गणस्तरीय हुने धमलाको भनाइ छ । गाउँमा अनजान संस्थाले दिएको तालीमलाई स्थानीय सरकारले उद्यमशीलता विकास गरीदिए गाउँमै स्वरोजगार मुलक काम गर्न सकिने उनीहरुको भनाइ छ ।
हाम्रो स्थानीय सरकारले यो क्षेत्रमा लगानी गरेर स्थानीय उत्पादनमा जोड दिने बेला भएको स्थानीय दीपक फुयालले बताए । सीप सिकाएर उद्यमशीलतासँगै रोजगारीको समेत प्रत्याभूति गर्नु आवश्यक भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: