सिन्धुली । गाउँमा गरे के हुदैन भन्ने उदाहरणा बनेका छन् सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापा । यतिखेर उनखलाई आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ ।
जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उनी बताउँछन् । हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ । विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आएका थापाले यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेकाे र अब १० हजार बिरुवा बिक्री गर्न बाँकी रहेकेा बताए ।
आफ्नो नर्सरीमा जुनारका अतिरिक्त कागती, एभोकाडो, खुर्पानेको पनि बिरुवा रहेको र सबै बिरुवा गरी ४० हजार जति बिक्री गरिसकेको उनले बताए । अहिलेसम्म बिक्री गरेको सबै बिरुवाबाट करिब २५ लाख रुपियाँ आम्दानी लिइसकेको पनि उनकाे भनाइ छ । थापाका अनुसार उनीसँग ३० हजार बिरुवा उत्पादन क्षमताका जुनारका बिरुवा उत्पादन गर्न तीन वटा प्लास्टिकका घर (स्क्रिन हाउस) छन् । प्लास्टिकको घरबाहिर खुला बगैँचामा पनि कागती, एभोकाडो र खुर्पानेको बिरुवा उत्पादन गरेका छन् । जुनारको बिरुवा प्रतिगोटा १२५ रुपियाँ, कागतीको एक वर्षको बिरुवा प्रतिगोटा २५ रुपियाँ, दुई वर्षको ६० रुपियाँ र स्क्रिन हाउसभित्रको बिरुवा १५० रुपियाँमा बिक्री हुँदै आएको छ । बिरुवा स्थानीयस्तरमा र रामेछाप जिल्लामा खपत हुँदै आएको नर्सरीधनी थापाको भनाइ छ ।
त्यस्तै गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डे निवासी पदमबहादुर ठाडाको दिनचर्या जुनारको बिरुवा बिक्री गर्नमा बित्दै आएको छ । रोजगारीको खोजीमा लाखौँ रुपियाँ खर्चेर विदेश जाने युवाका लागि जिल्लाको दुर्गम क्षेत्रमा बसेर नर्सरी खेती गरी मनग्ये आम्दानी लिएर उनी पनि उदाहरणीय बनेका छन् ।
नर्सरीधनी ठाडाले गाउँमै बसेर ३९ वर्षदेखि नर्सरी खेतीबाट बर्सेनि लाखौँ रुपियाँ आम्दानी लिँदै आएका छन् । २०३८ सालदेखि नर्सरी खेती गर्दै आएका किसान ठाडाले असार महिनामा मात्रै जुनारका बिरुवा बिक्री गरी अढाइ लाख रुपियाँ आम्दानी लिइसकेको बताए । आफ्नो सबै लगानी नै नर्सरीमा रहेकाले त्यसैको आम्दानीले घर खर्चदेखि छोराछोरी पढाउनेलगायतका व्यवहार टरेको उनले सुनाए । नर्सरीधनी ठाडाले १५ लाख रुपियाँ लगानी गरी चार हजार बिरुवा उत्पादन गर्ने क्षमताको एउटा स्क्रिन हाउस निर्माण गरेका छन् । उनले स्क्रिन हाउस र बाहिर खुल्ला ठाउँमा जुनारसहित सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् ।
अब तीन हजार जति जुनारका बिरुवा बाँकी रहेको र बिरुवा लगाउने समय भदौसम्म रहेकाले सबै बिक्री हुने उनले बताए । त्यसो त किसान ठाडाले नर्सरी सुरु गर्दा २०३८ सालमा बिरुवाको मूल्य प्रतिगोटा दुई रुपियाँ रहेकामा अहिले मूल्य वृद्धि भई प्रतिगोटा १२५ रुपियाँ पुगेको छ । बिरुवा कलमी र बिजु गरी दुई थरीका हुने गरेकोमा आफूले कलमी बिरुवा उत्पादन गरेको किसान ठाडाले बताए । उनले भने, “कलमी बिरुवाबाट उत्पादन छिट्टै लिन सकिने भएकाले किसान पनि कलमी बिरुवाप्रति नै आकर्षित हुन्छन् ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा जुनारका बिरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता भएका छन् । तीमध्ये १४ वटा नर्सरीले बिरुवा उत्पादन गर्दै आएका छन् ।
जिल्लामा वार्षिक रूपमा २५ देखि ३० हजार वटा जुनारका बिरुवा बेच्न योग्य उत्पादन हुने तर दुई लाखभन्दा बढी उत्पादन हुँदै आएको उनले बताए । जुनारका बिरुवा उत्पादन गर्न सुपर जोनले किसानलाई स्क्रिन हाउस निर्माणमा अनुदान, प्राविधिकलगायतका सेवा दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: