Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

बिरुवा बिक्रीबाटै मनग्गे आम्दानी गर्दै सिन्धुलीका नर्सरी किसान

खबरडबली संवाददाता

सिन्धुली  । गाउँमा गरे के हुदैन भन्ने उदाहरणा बनेका छन् सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापा ।  यतिखेर उनखलाई आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ ।

जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उनी बताउँछन् । हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ । विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आएका थापाले यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेकाे र अब १० हजार बिरुवा बिक्री गर्न बाँकी रहेकेा बताए । 

आफ्नो नर्सरीमा जुनारका अतिरिक्त कागती, एभोकाडो, खुर्पानेको पनि बिरुवा रहेको र सबै बिरुवा गरी ४० हजार जति बिक्री गरिसकेको उनले बताए । अहिलेसम्म बिक्री गरेको सबै बिरुवाबाट करिब २५ लाख रुपियाँ आम्दानी लिइसकेको पनि उनकाे भनाइ छ । थापाका अनुसार उनीसँग ३० हजार बिरुवा उत्पादन क्षमताका जुनारका बिरुवा उत्पादन गर्न तीन वटा प्लास्टिकका घर (स्क्रिन हाउस) छन् । प्लास्टिकको घरबाहिर खुला बगैँचामा पनि कागती, एभोकाडो र खुर्पानेको बिरुवा उत्पादन गरेका छन् । जुनारको बिरुवा प्रतिगोटा १२५ रुपियाँ, कागतीको एक वर्षको बिरुवा प्रतिगोटा २५ रुपियाँ, दुई वर्षको ६० रुपियाँ र स्क्रिन हाउसभित्रको बिरुवा १५० रुपियाँमा बिक्री हुँदै आएको छ । बिरुवा स्थानीयस्तरमा र रामेछाप जिल्लामा खपत हुँदै आएको नर्सरीधनी थापाको भनाइ छ । 

त्यस्तै गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डे निवासी पदमबहादुर ठाडाको दिनचर्या जुनारको बिरुवा बिक्री गर्नमा बित्दै आएको छ । रोजगारीको खोजीमा लाखौँ रुपियाँ खर्चेर विदेश जाने युवाका लागि जिल्लाको दुर्गम क्षेत्रमा बसेर नर्सरी खेती गरी मनग्ये आम्दानी लिएर उनी पनि उदाहरणीय बनेका छन् ।

नर्सरीधनी ठाडाले गाउँमै बसेर ३९ वर्षदेखि नर्सरी खेतीबाट बर्सेनि लाखौँ रुपियाँ आम्दानी लिँदै आएका छन् । २०३८ सालदेखि नर्सरी खेती गर्दै आएका किसान ठाडाले असार  महिनामा मात्रै जुनारका बिरुवा बिक्री गरी अढाइ लाख रुपियाँ आम्दानी लिइसकेको बताए । आफ्नो सबै लगानी नै नर्सरीमा रहेकाले त्यसैको आम्दानीले घर खर्चदेखि छोराछोरी पढाउनेलगायतका व्यवहार टरेको उनले सुनाए । नर्सरीधनी ठाडाले १५ लाख रुपियाँ लगानी गरी चार हजार बिरुवा उत्पादन गर्ने क्षमताको एउटा स्क्रिन हाउस निर्माण गरेका छन् । उनले स्क्रिन हाउस र बाहिर खुल्ला ठाउँमा जुनारसहित सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् । 

अब तीन हजार जति जुनारका बिरुवा बाँकी रहेको र बिरुवा लगाउने समय भदौसम्म रहेकाले सबै बिक्री हुने उनले बताए । त्यसो त किसान ठाडाले नर्सरी सुरु गर्दा २०३८ सालमा बिरुवाको मूल्य प्रतिगोटा दुई रुपियाँ रहेकामा अहिले मूल्य वृद्धि भई प्रतिगोटा १२५ रुपियाँ पुगेको छ । बिरुवा कलमी र बिजु गरी दुई थरीका हुने गरेकोमा आफूले कलमी बिरुवा उत्पादन गरेको किसान ठाडाले बताए । उनले भने, “कलमी बिरुवाबाट उत्पादन छिट्टै लिन सकिने भएकाले किसान पनि कलमी बिरुवाप्रति नै आकर्षित हुन्छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा जुनारका बिरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता भएका छन् । तीमध्ये १४ वटा नर्सरीले बिरुवा उत्पादन गर्दै आएका छन् ।

जिल्लामा वार्षिक रूपमा २५ देखि ३० हजार वटा जुनारका बिरुवा बेच्न योग्य उत्पादन हुने तर दुई लाखभन्दा बढी उत्पादन हुँदै आएको उनले बताए  । जुनारका बिरुवा उत्पादन गर्न सुपर जोनले किसानलाई स्क्रिन हाउस निर्माणमा अनुदान, प्राविधिकलगायतका सेवा दिँदै आएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy