काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।शनिवार राती १० बजे बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो ।
प्रतिपक्ष दल सहभागी नभएर बजेट पारित गर्दा नैतिक प्रश्न उठ्ने भन्दै राती साढे ९ बजेसम्म सुदूरपश्चिम सरकारले प्रतिपक्ष दललाई बैठकमा सहभागी गराउँन धेरै प्रयास गरेको थियो । तर, प्रतिपक्ष दल नेकपा एमाले भने बैठकमा सहभागी भएन । यस्तै स्वतन्त्र सासंद ताराप्रसाद जोशी पनि बैठमा सहभागी भएका थिएनन् ।
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सासंद खेमा देवी विष्टको सहभागितामा प्रदेश सरकारले बजेट पारित गरेको हो । शुक्रवारसम्म बजेट संसोधन गर्नुपर्ने माग गरेकी प्रतिपक्ष दल राप्रपाकी सासंद विष्टले भने संसोधन नगरे कुनैपनि हालतमा बजेट पारित गर्न नदिने अडान लिएपनि उनकै सहभागितामा प्रदेश सरकारले शनिवार राती बजेट पारित गरेको हो । विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने गरेर बैठकमा उपस्थित गराइएको थियाे ।
गत असार १ गते आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आर्थिक वर्ष २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको राजस्व र व्ययको अनुमान सभासमक्ष प्रस्तुत गरेका थिए।
चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२.७९ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो।
यसअघि बजेटलाई लिएर सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले पनि असन्तुष्टि जनाएका थिए । आफूहरूले प्रस्ताव गरेका योजना बजेटमा नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट भएका थिए।
प्रदेश सरकारले सासंदहरुलाई मनाउन प्रदेश सभामा बैठक नगरेर मुख्यमन्त्री कार्यालय, संसदीय दल कार्यालय र होटलमा समेत छलफल गरेका थिए । सरकारले पेस गरेको बजेट संशोधन नभए पास नगर्ने सत्तारूढ तीन दलका सांसदहरूको अडान लिएका थिए । तर, लगातार छलफल भएपछि सत्तापक्षका सासंदहरुले बजेटमा सहमती जनाएका छन्।
उनीहरूले कमिशनको खेल भएपछि सहमति जनाएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: