Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मटिहानी नगरपालिकाले सञ्चालनमा ल्यायो दमकल

खबरडबली संवाददाता

महोत्तरी । मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ । 

“बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल आएपछि यो भवितव्यबाट हुने क्षति रोक्न सकिने आश छ”, मटिहानी–६ का राजाराम सहनी भन्नुहुन्छ, “नगरप्रमुख हरिप्रसाद मण्डलले वाचा पूरा गर्नुभयो, हामी खुसी छौँ ।” नगरप्रमुख मण्डलले गत वर्ष दोस्रो कार्यकाल सुरु गर्दै एक वर्षभित्र वारुणयन्त्र ल्याउने वाचा गरेको सहनीले सम्झिए ।

उनीजस्तै मटिहानी–३ का इलियास राइनले पनि दमकल आएपछि आगलागीका घटना तत्काल नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “दमकल आएछ, अब यसको राम्रो व्यवस्थापन होस्, आपत्विपद्मा गरिब जनताले साथ पाउन्”, उनले भने।

खासगरी मधेसमा चैत–वैशाखमा आगलागीका घटनाबाट बर्सेनि जनधनको क्षति हुने गर्दछ ।  आगलागीको घटनाबाट हुने नोक्सानी रोक्न वारुणयन्त्र सहयोगी हुने नगरप्रमुख मण्डलको भनाइ छ । रु ५९ लाख २५ हजारको लागतमा खरिद भएको दमकलको शनिबार नै श्री लक्ष्मीनारायण मन्दिर परिसरमा पूजाअर्चना गरिएको छ । खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी अट्ने क्षमताको रहेको नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए ।

जिल्लामा १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिकासँग मात्र वारुणयन्त्र हुँदा आपत्विपद्मा निकै अप्ठ्यारो पर्दै आएको छ । “हामीले यो अवस्था बुझेर नै वारुणयन्त्र खरिद गरेका हौँ”, उनले भने । अब वारुणयन्त्रको सञ्चालन कार्यविधि बनाई आफ्नो नगरका छ हजार चार सय ६० धुरीलाई पहिलो प्राथमिकता दिएर सञ्चालनमा ल्याइने नगप्रमुख मण्डलले बताए । यसको सेवा जिल्ला र छिमेकका अन्य स्थानीय तहका सर्वसाधारणले पाउने गरी व्यवस्थापन गरिने जनाइएको छ । 

“छोरी शिक्षालाई प्रोत्साहन गर्न हामीले कक्षा ११ मा अध्ययन गरिरहेका छात्रालाई साइकल प्रदान गर्‍यौँ”, उनले भने , “हाम्रो सानो सहयोगले छात्राको विद्यालय नियमित बन्दै गएको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

हुलाकी राजमार्गको काम समयमै सक्न मन्त्री घिसिङकाे निर्देशन

पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...

जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending