Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

मटिहानी नगरपालिकाले सञ्चालनमा ल्यायो दमकल

खबरडबली संवाददाता

महोत्तरी । मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ । 

“बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल आएपछि यो भवितव्यबाट हुने क्षति रोक्न सकिने आश छ”, मटिहानी–६ का राजाराम सहनी भन्नुहुन्छ, “नगरप्रमुख हरिप्रसाद मण्डलले वाचा पूरा गर्नुभयो, हामी खुसी छौँ ।” नगरप्रमुख मण्डलले गत वर्ष दोस्रो कार्यकाल सुरु गर्दै एक वर्षभित्र वारुणयन्त्र ल्याउने वाचा गरेको सहनीले सम्झिए ।

उनीजस्तै मटिहानी–३ का इलियास राइनले पनि दमकल आएपछि आगलागीका घटना तत्काल नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “दमकल आएछ, अब यसको राम्रो व्यवस्थापन होस्, आपत्विपद्मा गरिब जनताले साथ पाउन्”, उनले भने।

खासगरी मधेसमा चैत–वैशाखमा आगलागीका घटनाबाट बर्सेनि जनधनको क्षति हुने गर्दछ ।  आगलागीको घटनाबाट हुने नोक्सानी रोक्न वारुणयन्त्र सहयोगी हुने नगरप्रमुख मण्डलको भनाइ छ । रु ५९ लाख २५ हजारको लागतमा खरिद भएको दमकलको शनिबार नै श्री लक्ष्मीनारायण मन्दिर परिसरमा पूजाअर्चना गरिएको छ । खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी अट्ने क्षमताको रहेको नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए ।

जिल्लामा १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिकासँग मात्र वारुणयन्त्र हुँदा आपत्विपद्मा निकै अप्ठ्यारो पर्दै आएको छ । “हामीले यो अवस्था बुझेर नै वारुणयन्त्र खरिद गरेका हौँ”, उनले भने । अब वारुणयन्त्रको सञ्चालन कार्यविधि बनाई आफ्नो नगरका छ हजार चार सय ६० धुरीलाई पहिलो प्राथमिकता दिएर सञ्चालनमा ल्याइने नगप्रमुख मण्डलले बताए । यसको सेवा जिल्ला र छिमेकका अन्य स्थानीय तहका सर्वसाधारणले पाउने गरी व्यवस्थापन गरिने जनाइएको छ । 

“छोरी शिक्षालाई प्रोत्साहन गर्न हामीले कक्षा ११ मा अध्ययन गरिरहेका छात्रालाई साइकल प्रदान गर्‍यौँ”, उनले भने , “हाम्रो सानो सहयोगले छात्राको विद्यालय नियमित बन्दै गएको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending