रामेछाप । रामेछापकाे उत्तरी भेगमा निर्माणािधन रहेकाे लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिन थाले सँगै स्थानय त्रसित भएका छन् । सुरुङ चुहिएर त्यसभन्दा तल्लो भागको बस्ती जलमग्न भएकाले डेढ महिनाअघि सुरुङमा पानी पठाउन बन्द गरिए पनि अहिले पुन पानी पठाउँदा पानी चुहीएकाे हाे ।
सुरुङमा पानी पठाउन बन्द भएको करिब १ महिनापछि चुहिएको पानी बन्द भएको भएपनि केही दिनअघि फेरि पानी हालेपछि पहिले जस्तै पानी चुहिन थालेको स्थानीय राजेन्द्र घिमिरेले बताए । दुगड समूहबाट निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाले सुरुङमा पानी हालेर उत्पादन गृह परीक्षण गर्ने क्रममा रामेछापको उमाकुण्ड–२ गुम्देलको पेकरनास बस्तीमा जताततै पानीको मूल फुटेको थियो । पेकरनासका ४२ परिवार बसोबास रहेको क्षेत्रमा पानी चुहिन थालेपछि स्थानीय गाउँ छाडेर सुरक्षित स्थानमा सरेका थिए । तीमध्ये अति जोखिममा रहेका १६ परिवारलाई आयोजनाले खानेबस्ने व्यवस्था गर्दै आएको छ ।
जलविद्युत् आयोजनाको सुरुङ निर्माण नहुँदासम्म पेकरनासमा पानी थिएन । खानेपानीको सास्ती रहेको उक्त बस्तीमा सुरुङमा पानी पठाएपछि जताततैबाट पानी चुहिँदा स्थानीयले सुरक्षित स्थानमा स्थानान्तरणको माग गर्दै आएका छन् । तर आयोजनाले स्थानीयको मागप्रति बेवास्ता गर्दै सुरुङ चुहिएको नभई पानीको मूल फुटेको जनाएको थियो ।
स्थानीयको भागाभाग भएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितको टोलीले अनुगमन गरेको थियो । उक्त टोलीले विपद् निम्तिन सक्ने भन्दै तत्काल सुरुङमा हालेको पानी बन्द गर्न निर्देशनका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । गृहमार्फत विद्युत् विकास विभागले आयोजनालाई सुरुङमा हालेको पानी बन्द गर्न भनेको थियो ।
विभागको निर्देशनपछि लिखुमा पानी फर्काएको आयोजनाले फेरि एक साताअघि सुरुङमा पानी हालेको हो । आयोजना उत्पादन गृहको परीक्षणमा जुटेको छ । आयोजनाको प्रभावित क्षेत्रमा पानी चुहिएपछि विद्युत् विकास विभागले विज्ञको टोली अध्ययनका लागि पठाएको थियो । उक्त टोलीले असार पहिलो साता विभाग र ऊर्जा मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । तर उक्त प्रतिवेदन सार्वजनिक नभएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: