Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

घैटेँको मृत्युमा कोकोहोलो हाल्दै टिचिङ अस्पताल पुग्ने यी सभासद् काे हुन् ?

\"kumar_ghaite_savasad\"काठमाडौं । घर नजिकै प्रहरी इन्काउन्टरमा कांग्रेस निकट डन कुमार घैंटेको मृत्यु भएको थाहा पाए लगत्तै नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुको शिक्षण अस्पताल महाराजगंजमा ओइरो लागेको छ ।   शिक्षण अस्पताल महाराजगंजमा रहेका खबरडबली सहकर्मी सुदिप विश्वकर्माका अनुसार घैंटेको इन्काउन्टरलाई कांग्रेसका नेताहरुले प्रहरीले गुन्डागर्दी गरेका आरोप लगाएका छन् । घैंटेको मृत्यु भएको सूचना पाए लगत्तै शिक्षण अस्पताल पुगेका कांग्रेस नेता जगदिशनरसिंह केसीले घटनामा संलग्न प्रहरीलाई उल्टो कारवाही हुनु पर्ने बताए ।   उनले घैंटेको इन्काउन्टरको कुरा संसदमा उठाइने समेत जनाए । ‘यो प्रहरीको गुन्डा शैली हो यसलाई हामीले संसदमा पनि उठाउँछौ ।’– खबरडबलीसँग बोल्दै केसीले भने ।   शिक्षण अस्पतालमा नेता केसी सहित नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति भिमसेनदास प्रधान, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद धनराज गुरुङ तथा रामनाथ अधिकारी सहितको बाक्लो उपस्थिति रहेको छ ।   एमाले कार्यालय तोडफोड गर्ने योजना शिक्षण अस्पतालमा गृहमन्त्री बामदेव गौतम विरुद्ध नारावाजी गर्दै गरेका कांग्रेस तथा घैंटे समर्थक टोलीले धुम्बाराहीस्थित एमाले पार्टी कार्यालय तोडफोड गर्ने योजना बनाएका छन् ।   शिक्षण अस्पतालमा रहेका हाम्रा संबाददाताले दिएको जानकारी अनुसार १५ देखि २० जनाको समूह एमाले पार्टी कार्यालय तोडफोड गर्न जाने बुझिएको छ ।   यस विषयमा एमाले पार्टी कार्यालयका सचिव सुर्य थापाले खबरडबलीलाई दिएको जानकारी अनुसार पार्टी कार्यालयको सुरक्षा व्यवस्था राम्रै रहेको छ ।   ‘हाम्रै पनि राम्रै तयारी रहेको छ । तर पनि मैले सुचना माथि नेताहरुलाई दिइ रहेको छु ।’– थापाले भने । उनले आफू कार्यालयमा नै रहेको तथा प्रहरी सहित आफ्नो पनि तयारी प्रयाप्त रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending