Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बन्द रहेको नेकोन एयरका सञ्चाललकलाई ऋण भुक्तानीका लागि सातदिने सूचना

कुन बैंकको कति ऋण ?

खबरडबली संवाददाता

काठमाडौं ।  बन्द रहेको नेकोन एयरका सञ्चालकको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाको बक्यौता ऋण भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरि अल्टिमेटम दिइएको छ । ऋण असुली न्यायधिकरणले नेकोन एयरका सञ्चालक तथा ऋणमा जमानी बसेका सञ्चालकहरूको नाममा सात दिने म्याद सूचना जारी गरेको हो।

न्यायाधिकरणले ठहर गरेको रकमसहित सम्पर्कमा आउन अल्टिमेटम समेत दिएको छ । 

कुन बैंकमा कति ऋण ?

न्यायधिकरणले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड र हालको कुमारी बैंकको १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ ऋण र २०६६ सालदेखिको १५.१७ का दरले ब्याज भुक्तानी गर्न नेकोनका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठका नाममा सात दिने म्याद सूचना जारी गरेको हो। 

त्यस्तै एसबीआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ  र त्यसको १४ प्रतिशतले हुन आउने ब्याजसहित सात दिनभित्र बुझाउन राजभण्डारीको नाममा सूचना तामेल गरिएको छ। 

राजभण्डारीकै नाममा राष्ट्रिय बाणिज्य बैंकको ९६ लाख ६३ हजार २९३ रुपैयाँ बक्यौता ऋण तिर्न सूचना जारी गरिएको छ। राजभण्डारी र श्रेष्ठको नाममा नबिल बैंकको ४ करोड ४८ लाख ८९ हजार ३५५ रुपैयाँ ऋण र ब्याजसहित सम्पर्कमा आउन सूचना जारी गरिएको छ। 

तत्कालीन इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक र हालको एनआईसी एसिया बैंकको ७७ लाख ३७ हजार ५३७ ऋण बाँकी रहेको छ। यो ऋण तिर्नका लागि सम्पर्कमा आउन दुबै सञ्चालकलाई सात दिने सूचना जारी गरिएको छ। 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पौने ५ करोड नर्तिने नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिसकेको छ। 

प्राधिकरणले नेकोन एयरलाई एयरलाइन्सको ब्यापारमा नै प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखिसकेको छ। 

कालोसूचीमा राख्दै प्राधिकरणले नेकोन एयरका सञ्चालकहरू तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा प्राधिकरणले राखेको हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending