Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बन्द रहेको नेकोन एयरका सञ्चाललकलाई ऋण भुक्तानीका लागि सातदिने सूचना

कुन बैंकको कति ऋण ?

खबरडबली संवाददाता

काठमाडौं ।  बन्द रहेको नेकोन एयरका सञ्चालकको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाको बक्यौता ऋण भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरि अल्टिमेटम दिइएको छ । ऋण असुली न्यायधिकरणले नेकोन एयरका सञ्चालक तथा ऋणमा जमानी बसेका सञ्चालकहरूको नाममा सात दिने म्याद सूचना जारी गरेको हो।

न्यायाधिकरणले ठहर गरेको रकमसहित सम्पर्कमा आउन अल्टिमेटम समेत दिएको छ । 

कुन बैंकमा कति ऋण ?

न्यायधिकरणले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड र हालको कुमारी बैंकको १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ ऋण र २०६६ सालदेखिको १५.१७ का दरले ब्याज भुक्तानी गर्न नेकोनका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठका नाममा सात दिने म्याद सूचना जारी गरेको हो। 

त्यस्तै एसबीआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ  र त्यसको १४ प्रतिशतले हुन आउने ब्याजसहित सात दिनभित्र बुझाउन राजभण्डारीको नाममा सूचना तामेल गरिएको छ। 

राजभण्डारीकै नाममा राष्ट्रिय बाणिज्य बैंकको ९६ लाख ६३ हजार २९३ रुपैयाँ बक्यौता ऋण तिर्न सूचना जारी गरिएको छ। राजभण्डारी र श्रेष्ठको नाममा नबिल बैंकको ४ करोड ४८ लाख ८९ हजार ३५५ रुपैयाँ ऋण र ब्याजसहित सम्पर्कमा आउन सूचना जारी गरिएको छ। 

तत्कालीन इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक र हालको एनआईसी एसिया बैंकको ७७ लाख ३७ हजार ५३७ ऋण बाँकी रहेको छ। यो ऋण तिर्नका लागि सम्पर्कमा आउन दुबै सञ्चालकलाई सात दिने सूचना जारी गरिएको छ। 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पौने ५ करोड नर्तिने नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिसकेको छ। 

प्राधिकरणले नेकोन एयरलाई एयरलाइन्सको ब्यापारमा नै प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखिसकेको छ। 

कालोसूचीमा राख्दै प्राधिकरणले नेकोन एयरका सञ्चालकहरू तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा प्राधिकरणले राखेको हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: