Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

भक्तपुरमा पहिरो, तीनगाउँ उच्च जोखिममा,

\"pahiro\"भक्तपुर । अविरल वर्षाका कारण भक्तपुरका गाउँगाउँमा पहिरो जाँदा कैयौँ बस्ती जोखिममा परेका छन् । महामञ्जुश्री–नगरकोट नगरपालिका–३ ताथलीमा केही दिनदेखि गएको लगातारको पहिरोले यहाँको छुकां बस्ती उच्च जोखिममा परेको छ । सौडोलको अग्लो ठाउँमा रहेको छुकां टोलका चार घर उच्च जोखिममा परेका छन् भने यहाँका १० घर नजिक पहिरो पुगेको छ । स्थानीय शिवप्रसाद छुकांले पहिरोे घर आँगनसम्म आइपुगेको बताउँदै केही दिन अझै पानी पर्ने र पहिरोको रोकथाम नभए यहाँका चार घर पहिरोले बगाउने अवस्थामा पुगेको बताए । उनलउे भने– ‘पहिरो १० फिट चौडा बाटो हँुदै आँगनसम्म आइपुगेको छ, वर्षा नरोकिए चार घरसँगै नजिकका अरु १० घरलाई पनि असर पुग्छ ।’ यहाँको नारायणभक्त, विष्णुकुमार, गोमा र गोविन्द छुकांका घर पहिरोको उच्च जोखिममा परेका छन् । हरेक वर्ष पहिरो जाने भएपनि स्थानीय निकायले पहिरो रोकथाममा चासो नदिएपछि जटिल बनेको स्थानीयको भनाइ छ । यता ताथली–३ कै गिरी टोल जाने बाटो मै पहिरो जाँदा यहाँका नौ घर उच्च जोखिममा परेका छन् । हरेकवर्ष पहिरो जाने यस क्षेत्रमा स्थानीयले बिरुवा रोप्ने र बाँसको आड दिएर रोकथामको प्रयास गरे पनि यस वर्षको पानीले सबै बगाएको छ । पहिरोले यहाँका सानुभाइ गिरी, दीपक गिरी, राजेश गिरी, श्याम गिरी, मञ्जु गिरी, विष्णु खड्का, रामशरण गिरी, कुवेर गिरी र दिनेश गिरीका घर उच्च जोखिममा परेका छन् । यस बस्तीमा जाने बाटोसमेत १०० फिट तलदेखि नै गएको पहिरोले १० फिट चौडाको बाटो समेत बगाएपछि पैदल हिँड्नसमेत समस्या परेको छ । यहाँको पहिरोले गर्दा ५० घर रहेको बस्तीमा दमकल तथा एम्बुलेन्स जाने बाटोसमेत नभएको स्थानीय सानुभाइ गिरीले बताए । त्यसैगरी, चाँगुनारायण नगरपालिका–१४ दुवाकोटस्थित खड्का डिलमा साउन महिनादेखि नै गएको लगातारको पहिरोले यहाँको खड्का बस्ती उच्च जोखिममा परेको छ । गत सातादेखिको पहिरोले सल्लाघारी–चाँगु सडकखण्ड भासिएको र साउन १७ गतेपछि गएको लगातारको पहिरोले यहाँको सिङ्गो बस्ती नै उच्च जोखिममा परेको स्थानीय किरण खड्काले बताए । पहिरोले सडक भासिएपछि यहाँ चल्ने सवारीसाधनसमेत बन्द हुँदा स्थानीयलाई बस चढ्न तीन घन्टा पैदल हिँड्नुपर्ने भएको स्थानीय विकास थापा ‘प्रहर’ले जानकारी दिए । पहिरोले स्थानीय किरण खड्का, गोवद्र्धन खड्का, केशव खड्का, नकुल खड्का, भगवान खड्का, ईश्वर खड्का, आत्माराम खड्काका घर उच्च जोखिममा परेका छन् । यता अनन्तलिङ्गेश्वर नगरपालिका–८ मा पहिरो जाँदा ५० घरपरिवारले प्रयोग गर्दै आएको खानेपानी ट्याङ्की बगाउँदा खानेपानीको अभाव भएको छ । पहिरोले कुलो बगाउनुको साथै स्थानीय नातीकाजी थापा, चिनी थापा, शमशेरबहादुर बस्नेतको धान रोपेको चार रोपनी जग्गासमेत बगाएको छ । बगिरहेको खोलालाई राति पहिरोले पूर्णरुपमा थुनिदिएपछि थप समस्या आएको साविक सिरुटार गाविसका पूर्व अध्यक्ष शशीजंग थापाले जानकारी दिए । प्रहरीको सहयोगमा स्थानीयले खोला खोल्ने प्रयास गरेको बताउँदै उनले पहिरोले अन्य खेतीयोग्य जमिन बगाउने अवस्थामा पु¥याएको बताए । जिल्लाका सिपाडोल, नङ्खेल, चित्तपोल, सुडाल, नगरकोट, छालिङलगायतका क्षेत्रमा पनि पहिरो गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending