जनकपुरधाम । आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको गेरुकाधाम स्थित गेरुका नदीमा शाही स्नान सम्पन्न भएको छ ।
मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्केको रथ सहितको शोभा यात्रा गेरुकाधाममा पुगेर बिहान शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठको आयोजना गरिइएको हाे ।
धनुषा तथा महोत्तरीको सिमानामा पर्ने गेरुका नदिमा शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोलीले झाकी सहित गेरुका मेला पुगेका थिए । भगवान् विष्णु मलिमासमा गेरुका नदिमा वास बस्ने मान्यता अनुसार नदिमा स्नान गर्नका लागि हजारौँ व्यक्तिहरू मलिमास अवधिमा गेरुका पुग्ने गरेका छन् ।
एक महिनासम्म भगवान् विष्णु चीरसागरमा विराजमान हुने मान्यता अनुसार साउन महिना भरि नै गेरुकाधाममा ठूलो मेला लाग्ने गरेको छ । धार्मिक महत्वको गेरुका नदिमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजा पाठ गर्ने चलन रहेको छ ।
शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेश सभाका सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव, सामाजिक अभियन्ता अमरचन्द्र अनिल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, वातावरण संरक्षण अभियानीहरु सहितका विभिन्न मठमन्दिरका महन्थहरु सहभागी रहेका थिए ।
गेरुकाधाम तथा धनुषाधामलाई जोडेर धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकेको खण्डमा जनकपुरधाम आउने पर्यटकलाई दुई तीन दिन वास बस्नका लागि सहयोग पुग्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिए ।
मलिमास शुरु भएसँगै आज देखि लागेको गेरुका मेला भर्नका लागि नेपाल तथा भारतको विभिन्न भागबाट लाखौँ व्यक्तिहरू गेरुकाधाम पुग्ने गरेका छन् । करिब पाँच वर्षको अन्तरालमा यस पटक मलिमास परेको छ । गेरुकाको पुर्नरुत्थानका लागि झाकी सहितको रथ यात्रा जानकी मन्दिरले यस पटक निकालेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।
यता गेरुका नदिको संरक्षणमा विशेष ध्यान दिन आवश्यक रहेको छ । अहिले नदिमा पानीको बहाव निक्कै कम भएकाले नदिको संरक्षणमा पनि ध्यान दिनु पर्ने माग शाही स्नानमा सहभागी भक्तजनहरूले गरेका छन् । मेला एक महिना रहनेछ भने आइतबार र मङ्गलवार अत्यधिक भिड भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...
पौष ५ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...




प्रतिकृया लेख्नुहोस्: