काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्दै उनले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशन पनि दिएका छन् ।
उनले भने- “बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ। यस आयोजनाका निम्ति कम्पनी खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई काम अगाडि बढाउने तयारी भइरहेको छ। जग्गा अधिग्रहणको मूल हिस्सा सम्पन्न भएको छ ।” प्रधानमन्त्री दाहालले भने, “सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई उच्च प्राथमिकतामा राखिएको छ।”
आयोजना निर्माणका लागि सबै अध्ययन प्रतिवेदनहरू तयार गर्ने कार्य सम्पन्न भइसकेका छन्। बूढीगण्डकी परियोजना निर्माणका लागि चाहिने लगानी व्यवस्थापनका लागि सरकारले आवश्यक गृहकार्य गरी तयारी गरिरहेको प्रधानमन्त्री दाहालले बताए।
“यो आयोजना ‘रेडी टू गो’ आयोजना हो । आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन हामीले तयारी गरिरहेका छौँ। अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्न हामीलाई छुट छैन”, उनले भने, “आयोजना निर्माणको काम अगाडि बढाउन ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडलगायत आयोजनासँग सम्वद्ध सबैलाई यसै कार्यक्रममार्फत् निर्देशितसमेत गर्दछु।”
मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि यस आयोजना कोशेढुङ्गा सावित हुने प्रधानमन्त्री दाहालको भनाइ छ। एक हजार दुई सय मेगावाट उत्पादन क्षमता रहेको उक्त जलविद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको मात्र नभएर सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको बहुआयामिक आयोजना रहेको उनले बताए ।
“हालसम्म नेपालभित्र निर्माण भएका आयोजनामध्ये यो सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्ने आयोजना हो। जलविद्युत्का साथै पर्यटनको विकास, माछापालन, तल्लो तटीय क्षेत्रको समग्र विकासका दृष्टिले समेत यो आयोजना महत्वपूर्ण छ”, उनले भने ।
यस आयोजनाले हिउँदमा हुने विद्युत् सङ्कटबाट देशलाई मुक्त गर्ने, उर्जा तथा पर्यटन विकासलाई सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने, वस्तु तथा सेवा क्षेत्र उत्पादनमा वृद्धि गरी देशको आर्थिक गतिविधि बढाउने, माछापालन लगायतका बहुआयमिक व्यवसाय जोडेर राष्ट्रिय आय वृद्धि गर्ने तथा देशको मध्यभागको आयोजना भएकाले राष्ट्रिय प्रसारण लाइनका लागि कम लगानी लाग्ने लगायतका सम्भावना बोकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौंँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।
सरकारले विसं २०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । नेपालको ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण मानिएको उक्त आयोजना निर्माणका लागि सरकारले रू ६० अर्ब अधिकृत पुँजी रहने गरी कम्पनी स्थापना गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: