Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राष्ट्रिय किताबखानामा मन्त्री मोदीको छड्के

खबरडबली संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् । 

बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका हुन् । किताबखानामा मन्त्री मोदीको यो दोश्रोपटकको छड्के अनुगमन हो । 

अनुगमनका क्रममा मन्त्री मोदीले कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए । उनले कर्मचारीहरु समयमा कर्यालयमा हाजिर भएका छन् कि छैनन्, कार्यकक्षमा कर्मचारीहरु छन् कि छैनन् ? लगायतका विषयमा समेत चासो राखेका थिए । 

सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताबखानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सेवाग्राहीसँग मन्त्री मोदीको जिज्ञासा थियो, ‘कर्मचारीबाट सेवा लिने क्रममा तपाईहरुसँग कस्तो व्यवहार भएको छ र प्राप्त सेवाबाट सन्तुष्ट हुनुहुन्छ ?’

सबै कार्यालय कक्षको अवलोकन पश्चात मन्त्री मोदीले किताबखानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको बताए । 

‘म यहाँ आजसमेत गरी दुईपटक आकस्मिक अनुगमनमा आए, तपाईहरुले मलाई के गर्दा किताबखानाको सेवा प्रवाह अझ व्यवस्थित र सुदृढ हुन्छ सुझाव दिनुहोला, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ’ मन्त्री मोदीले भने । 

अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत् जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने गरेको छु ।’ उनले आफ्नो लागि सबै दर्जाका कर्मचारी समान भएकाले साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम अफुबाट नहुने समेत प्रष्ट पारे । 

मन्त्री मोदीले आफूले सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । ‘सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि तपाई हामी सबैका व्यवहारमा सेवाग्राहीले अनूभुति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।’

उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।

मन्त्री मोदीले यसअघि मन्त्रालयमा पनि ४ पटकपटक आकस्मिक अनुगमन गरेका थिए । त्यसअघि दुईपटक उनले निजामती कर्मचारी अस्पतालको पनि आकस्मिक अनुगमन गरिसकेका छन् । 

किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ । हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy