काठमाडौं । निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले संगीतकार सुरेश अधिकारीलाई बहिष्कार गरेको घोषणा गरेका छन् । उनीहरुले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।
नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (एक्योर्याब) द्वारा जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको मागसमेत गरिएको छ । विज्ञप्तिमा आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोर्याबका अध्यक्ष अर्जुन गिरीले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा सुरेश अधिकारीले फेसबुकमा लेखेको एउटा स्टाटसलाई लिएर आपत्ति जनाइएको छ । उक्त अभिव्यक्ति अत्यन्त अमर्यादित, गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने खालको भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा समाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै पनि अर्थमा सभ्य समाजमा सहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउनेमात्र नभएर सञ्चारमाध्यमसितको सम्बन्धमा समेत दूरी बडाउने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘संगीत रोयल्टी संकलन समाज’ का नाममा राज्यको चौथो अंगका रुपमा स्थापित आमसञ्चार गृहका उपकरणहरुसमेत उठाउने अभिव्यक्ति दिइएको भन्दै विज्ञप्तिमा खेद व्यक्त गरिएको छ र सरकारसँग सुरक्षा माग गरिएको छ र सरकारसँग सुरक्षा माग गरिएको छ ।
‘समाजले एक संगीत सर्जकद्वारा यसरी सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरीतको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
चार दिनअघि संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो ।
संगीतकर्मी र प्रसारकहरुबीच लामो समयदेखि रोयल्टीको विषयमा द्वन्द्व चल्दै आएको छ । आफूहरुको सिर्जनालाई रेडियो-टेलिभिजनहरुले विनारोयल्टी प्रसारण गरेर पैसा कमाउने गरेको गुनासो स्रष्टाहरुले लगाउँदै आएका छन् ।
संगीतकार अधिकारी रोयल्टी संकलन समाजका अध्यक्ष पनि हुन् । उनी तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । रोयल्टी समाजले आमसञ्चार तथा सार्वजनिक स्थानमा गीत बजाएर रोयल्टी नतिर्ने निकायविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिहेको छ । तर, फेसबुकमा छुद्र भाषा प्रयोग गर्दा अधिकारी स्वयम् रेडियोको बहिष्कारमा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: