Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मुगुमा ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई सम्मान

खबरडबली संवाददाता

मुगु ।  मुगुका स्थानीय बजारमा भेडाबाख्रा र खसीको माग उन तथा मासुका लागि बढेसँगै कर्णाली प्रदेश सरकारले पुरस्कारको नीति ल्याएको छ ।

हिमाली जिल्लामा ५० भन्दा बढी भेडाबाख्रा पालन गर्ने कृषकहरुलाई सम्मान तथा पोषण सेवा दिन थालेपछि मुगु जिल्लामा भेडाबाख्रा पाल्ने कृषकहरुको संख्या बढेको छ ।
 आर्थिक वर्ष ०७९।०८० मा मुगुमा रहेका चार स्थानीय तहमा उत्कृष्ट ५३ जना कृषकहरुलाई नगद १८ हजार र प्रमाणपत्र तथा खादासहित पुरस्कृत गरिएको छ ।

नगद पुरस्कारसहित  सम्मान पाएपछि भेडापालक कृषक खुसी भएका छन् । जति दुःख भए पनि थप मिहिनेत गरेर भेडाबाख्रा व्यावसायिक रुपमा पालेर अघि बढ्ने उनीहरूको भनाइ छ ।

आउदा दिनहरुमा पशु सेवा कार्यालयले थप कृषक मैत्री नीति ल्याउने, प्रत्यक्ष कृषकको लाभ हुने कार्यक्रम समेत ल्याउने जिल्ला समन्वय समिति मुगुका संयोजक मन्जन बहादुर कार्कीेले बताएका छन् । उनले कृषकलाइ थप भेडाबाख्रा पाल्न अनुरोध समेत गरे ।

कर्णाली प्रदेश सरकारको पोलिसि अनुसार हिमाली जिल्लाहरुमा ५० भन्दा बढी भेडाबाख्रा पाल्ने  कृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमअनुसार मुगु जिल्लामा रहेका चार स्थानीय तहमा रहेका ४५६ जना कृषकहरुले निबेदन दिएका थिए ।

छनोट गर्दा ३९३ मात्र वास्तविक भेडा पाल्ने कृषक भेटिएका थिए भने अन्य नक्कली कृषक भेटिए । तीमध्ये उत्कृष्ट ५३ जना कृषकलाई छनोट गरी प्रदेश सरकारको नीति अनुसार वार्षिक प्रतिकिसान १८ हजार नगद र प्रमाण पत्र सहित खादा लगाएर सम्मान गरिएको पशु अस्पताल तथा पशु कार्यालय मुगुका प्रमुख भिम चन्द्र बुढाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy