सल्यान । सल्यानका किसानले हाल सम्मकै उच्च मुल्यमा आफुले उत्पादन गरेको टमाटर विक्री गरेका छन् । बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रका किसानले मंगलबार टमाटर बिक्रि गर्दा किलोमै १४० रुपैया हात पारे । यो हाल सम्मकै राम्रो मूल्य रहेको किसानहरुले बताएका छन् । मंगलबारको तरकारी हाट बजारमा मात्रै ६० लाख ४८ हजार ९४८ रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल कपुरकोटबाट विक्रि भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार २८९ किलो कृषिजन्य वस्तु विक्रिबाट एकैदिन यती धेरै रकम किसानको हात परेको हो ।
यसमध्ये ४३ लाख बढी रकम टमाटर विक्रिबाट मात्रै आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रिबाट ४३ लाख ३ हजार ७५० रुपैयाँ, ४ हजार ५६५ किलो काउली विक्रिबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८९५ किलो भेडे खुर्सानी विक्रिबाट ३ लाख १ हजार ८६५ रुपैयाँ र ११ हजार ७०० किलो बन्दा विक्रिबाट २ लाख ४ हजार ७५० रुपैयाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।
मिहेनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसानहरु हर्षित देखिन्थे । करिव दुई क्विन्टल टमाटर बिक्रि गरेकी कपुरकोट ३ निबासी कृषक रामकली बिकले सदैव राम्रो मूल्य पाएमा किसानको मिहेनत सार्थक हुने बताइन् ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मंगलबारको तरकारी बजारमा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैया प्रतिकिलो बिक्रि भएको बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिए । सिमि ४५ देखि ५० रुपैया प्रतिकिलो बिक्रि गरेका किसानले लोकल कांक्रा ५० देखि ५५ र उन्नत कांक्रा १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्रि गरेका हुन ।
कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगाएतका शहर बजारमा जाने गरेको छ । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका तरकारि संकलन केन्द्रमा पनि किसानहरुले आफ्नो उत्पादन विक्रि गर्नेगर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: