Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अहिले सम्मकै उचीत मुल्य, एकै दिन ६० लाख बढीको तरकारी विक्रि

खबरडबली संवाददाता

सल्यान  । सल्यानका किसानले हाल सम्मकै उच्च मुल्यमा आफुले उत्पादन गरेको टमाटर विक्री गरेका छन् । बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रका किसानले मंगलबार टमाटर बिक्रि गर्दा किलोमै १४० रुपैया हात पारे । यो हाल सम्मकै राम्रो मूल्य रहेको किसानहरुले बताएका छन् । मंगलबारको तरकारी हाट बजारमा मात्रै ६० लाख ४८ हजार ९४८ रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल कपुरकोटबाट विक्रि भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार २८९ किलो कृषिजन्य वस्तु विक्रिबाट एकैदिन यती धेरै रकम किसानको हात परेको हो ।

यसमध्ये ४३ लाख बढी रकम टमाटर विक्रिबाट मात्रै आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रिबाट ४३ लाख ३ हजार ७५० रुपैयाँ, ४ हजार ५६५ किलो काउली विक्रिबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८९५ किलो भेडे खुर्सानी विक्रिबाट ३ लाख १ हजार ८६५ रुपैयाँ र ११ हजार ७०० किलो बन्दा विक्रिबाट २ लाख ४ हजार ७५० रुपैयाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।

मिहेनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसानहरु हर्षित देखिन्थे । करिव दुई क्विन्टल टमाटर बिक्रि गरेकी कपुरकोट ३ निबासी कृषक रामकली बिकले सदैव राम्रो मूल्य पाएमा किसानको मिहेनत सार्थक हुने बताइन् ।

कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मंगलबारको तरकारी बजारमा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैया प्रतिकिलो बिक्रि भएको बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिए । सिमि ४५ देखि ५० रुपैया प्रतिकिलो बिक्रि गरेका किसानले लोकल कांक्रा ५० देखि ५५ र उन्नत कांक्रा १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्रि गरेका हुन ।

कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगाएतका शहर बजारमा जाने गरेको छ । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका तरकारि संकलन केन्द्रमा पनि किसानहरुले आफ्नो उत्पादन विक्रि गर्नेगर्दछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: