बनेपा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो ।
‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका लागि निवेदन दिएका बालेन्द्र शाहलाई प्रक्रियामा सहभागी भई उर्तिण भएपछि विश्वविद्यालयको रिसर्च कमिटीले फेलोसिपसहित पिएचडी अध्ययनका लागि सहमति दिने निर्णय गरेको हो ।
बालेन्द्रसहित ६ जनाको आवेदन परेको थियो । दुई जना प्रक्रियामा नै सहभागी भएनन् । प्रक्रियामा सहभागी भएका चार जनाले पिएचडीका लागि अध्ययन गर्ने अवसर पाउने भएका छन् । बालेन्द्र बाहेक बाँकी फेलोसिपमा नरहेकेा विश्वविद्यालय सिभिल इन्जिनियरिङ विभागका प्रमुख श्यामसुन्दर खड्काले बताए ।
दुई जना डिपार्टमेन्टकै विद्यार्थी रहेकाे र एक जना बाहिरबाट भर्ना भएको उनले बताए । फ्रेबुअरी महिनाबाट सुरु भएको छनौट प्रक्रिया अगस्टमा सकिएको हो । विश्वविद्यालयले फेलोसिपको पत्र बुझाउन बाँकी भए पनि बालेन्द्र शाह औपचारिक रुपमा विश्वविद्यालयमा भर्नाका लागि योग्य भएको निर्णय गरिएको विभागीय प्रमुख खड्काले जानकारी दिए ।
बालेन्द्रले पिएचडीको अध्ययन डेढ वर्ष भित्र सक्नु पर्नेछ । ५ वटा कोर्स ३ वटा सेमेस्टरमा सक्नु पर्ने विश्वविद्यालयको नियम छ । प्रति हप्ता बालेन्द्रले कम्तीमा ९ घण्टा विश्वविद्यालयमा उपस्थित भएर कक्षा लिनु पर्नेछ । रिसर्च बाहेकका उक्त विषयहरु अध्ययनका लागि बालेन्द्रले समय व्यवस्थापन गर्ने गरी भर्ना हुन सहमत भएको विश्वविद्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: