स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२।६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो।
यहाँको अर्जुनचौपारी सडक ९गााउँपालिका–सदरमुकाम० छ किमि, मिर्दी–क्याक्मी–भिमाद–स्याङ्जा खण्ड १० किमि, नागडाँडा–कार्कीनेटा खण्ड स्तरोन्नति छ किमि पूर्वाधार कार्यालयले कालोपत्रे गरेको हो । पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले सडक कालोपत्रे २७ करोड छ लाख रुपियाँमा गरेको जानकारी दिए।
ढलानतर्फ दामाचौर–हिलामराङ–भिमाद सडक तीन किमि, शुक्लागण्डकी–दुलेगौँडा–चिसापानी ९गाउँपालिका केन्द्र जोड्ने० दुई किमिभन्दा बढी, बायटारी–उदियाँचौर–सेतीवेणी सडक एक किमि सडक ढलान गरेको अर्यालले बताए । यहाँका अन्य सडक ३० मिटरदेखि आधा किलोमिटरसम्म ढलान भएको पूर्वाधार कार्यालयले जनाएको छ।
यहाँ ढलानतर्फ ८२ करोड ९७ लाख रुपियाँ खर्च भएको बताउँदै अर्यालले स्थानीय स्रोत र देशमै उत्पादन भएको रड, सिमेन्ट प्रयोग गरेर ढलान गरिएको बताउनुभयो। इन्जिनियर दिपेश लिगलले स्याङ्जामा चालु आवमा धेरै सडक कालोपत्रे र ढलान हुने बताउनुभयो। आगामी आवका लागि १६ वटा सडक बहुवर्षीय रहेका र प्रदेश तथा सङ्घको बजेटसमेत धेरै रहेकाले कालोपत्रे र ढलानसमेत धेरै हुने लिगलले बताए । पूर्वाधारले ५३ वटा सडकको कटान, मेसिनरी वाल, नाला बनाएको छ। एउटा सडक पुल, तीन झोलुङ्गे पुल, तीन कल्भर्ट, पाँच वटा कजवे र दुई वटा भवनसमेत बनाएको हो । पूर्वाधारमा आएको एक अर्ब ५१ करोड आठ लाख ६६ हजार रुपियाँमा एक अर्ब एक करोड ८६ लाख १३ हजार रुपियाँ बराबरको प्रगति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: