Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

तीन महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

खबरडबली संवाददाता

काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन्। 

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरुको विमानस्थलमा उपस्थित थियो । कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले साउन ११ गते बिहान १०:४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ । 

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए। हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन्। 
    
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेकी छिन् । कीर्तिमानी आरोहीलाई केहीबेरपछि नेपाल पर्यटन बोर्डमा आयोजना गरिने कार्यक्रममा बधाई तथा सम्मान गरिने सङ्घले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलिवुड फिल्म बाजिगरको सिक्वेल बन्ने

काठमाडौँ । बलिवुडका किङखान शाहरुख खानको सुपरहिट फिल्म बाजिगरको सिक्वेल बन्ने भएको छ । बाजीगरका निर्माता रतन जैनले ‘बाजीगर’को सिक्वेलका लागि आफूले श...

कोशीका पूर्वमन्त्री अधिकारीलाई १० दिन हिरासतमा राख्न अनुमति मागिने

काठमाडौं । मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लि...

करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोडिदिन्छु- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन् ।  मंगबार नेपाल विद्याश...

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबिच भेट हुँदै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा। मोहम्मद मैज्जुबीच मङ्गलबार यहाँ भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त र...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ...

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ?

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।   फिल्मले रिलिज ११ दिन (आइतबार सम्म) मा २० करोड ७३ लाख ग्रस ...

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेत...

नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ । आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८...

बर्दियामा अवैध लागूऔषधसहित पक्राउ

बर्दिया । गुलरिया नगरपालिका-११ सडकलालपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निजा...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक

धनगढी। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy