Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ बडिगाड गाउँपालिका-९ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापा मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् । 

पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिशलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

निर्वाचनको समीक्षा गर्न ढिलाइ गर्नुहुन्न : पूर्वमन्त्री गुरुङ

दोलखा। नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताएको छन्...

नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व संकलन

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन...

बर्दिबासमा वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास। शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोक...

मध्यपूर्व सङ्कटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई। मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमे...

दाउन्ने सडकखण्ड रूपमा पूर्ण अवरुद्ध, वैकल्पिक मार्गसमेत बन्द

नवलपरासी । नवलपरासी पूर्वमा लगातारको वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारको ६४ मोड ...

मोटरसाइकल मर्मतको पैसामा विवाद हुँदा सिरहामा झडप, ६ जना घाइते

सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला ...

रुपनीमा सदा दम्पतिको एकै दिन निधन

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय पत्नी दु...

हुम्लामा यस वर्ष एसइईमा करिब १३ सय विद्यार्थी सहभागी हुँदै

हुम्ला। यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: