Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

स्कुल अफ व्युटीसियन आइटिसीको २०औं बार्षिकोत्सव सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं बार्षिकोत्सव सम्पन्न भएको छ । बरिष्ठ  सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको २० औं बार्षिकोत्सव एक समारोहबीच मनाएकी हुन् ।

उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ ।  ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले २० बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्यूटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको  उनले बताइन् । २० बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि उनकाे भनाइ छ । 

बार्षिकोत्सव समारोह लेक्मी फेसन सो को समेत आयोजना गरिएको थियो भने, कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लि र स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरले ब्यबसायिक साझेदारीमा हस्ताक्षर समेत गरिएको थियो। 

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिमा बरिष्ठ  ब्युटिसियनहरु  राज्यश्री श्रेष्ठ, कमला श्रेष्ठ अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल उषा खड्की, माल्भिका सुब्बा, श्रीषा श्रेष्ठ, नायक सलिनमान बानियाँ, अञ्जिल मास्के, इभाना मानन्धर, बरिष्ठ  ब्युटिसियन सिता न्यौपाने, लक्ष्मी महत, राजभाई सुवाल लगायत रहेका थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रमको साथमा केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending