Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममै थन्कियो

खबरडबली संवाददाता

डुम्रे । खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । 

कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । कोटा निर्धारणमा ढिलाइ हुँदा मल वितरणमा पनि ढिला भएको कम्पनी दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरणका लागि कोटा निर्धारण गर्न ढिला गर्दा समयमा मल वितरण गर्न नसकिएको उनले बताए । हालसम्म जिल्लामा एक सय ९० मेट्रिकटन युरिया मल आएको भए पनि वितरण हुन ढिला भएको उनले बताए । उनले भने, “एक सय ९० मेट्रिक टन मल आइसकेको छ, करिब दुई सय टन मल आउने सम्भावना छ, तर कोटा निर्धारण नभएकोले बाँड्न पाइएको छैन ।” माग छ सय टनको भए पनि दुई सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने उनको भनाइ छ । 

मागअनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको उनले बताए । शाखा प्रबन्धक शर्माका अनुसार एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नुपर्ने हुँदा मलको अभाव रहेको छ । 

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै मागअनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव भएको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव खेप्नुपर्ने अवस्था रहेको छ । 

तनहुँ, लमजुङ र गोरखाका लागि मागअनुसारको रासायनिक मल वितरण गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीमा आएको एक तिहाइ मात्रै मल कोटा निर्धारण गरी किसानलाई वितरण गर्दै आएको जनाएको छ । व्यास नगरपालिका–५ पाटन निवासी मनिसरा आलेले मल बिक्री गर्ने सबै पसलमा धाउँदा पनि मल नपाइएको गुनासो गरे । उनले भने, “विगतका वर्ष जस्तै यसवर्ष पनि रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ताले सताएको छ ।” त्यस्तै व्यास नगरपालिका–५ चिन्तुटार निवासी शङ्कर गुरुङले धानमा मल राख्ने समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको बताए । 

उनले भने, “मल पाइन्छ कि भनेर धेरै पटक धाइयो, तर पाउनै सकिएन, समयमा मल राख्न नपाएपछि कसरी उत्पादन हुन्छ खै खेती ?” पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास एक सय ५० मेट्रिक टन आवश्यक पर्नेमा एक तिहाइ मात्रै आउने गरेको शाखा प्रबन्धक शर्माले जानकारी दिए ।

तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी एक सय ९७  बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उनले बताए ।

सरकारले परिमाणको आधारमा रकम विनियोजन गर्ने हो भने मलको अभाव नहुने उनले बताए । उनले भने, “जति आवश्यक पर्छ सोही परिमाणका आधारमा अनुदान दिइनुपर्छ, रकम विनियोजन गर्दा मूल्य वृद्धि भयो भने परिणाम घटेर मलको अभाव सिर्जना हुन्छ, यसको समाधानमा सरकारले ध्यान दिनु आवश्यक छ ।”  

खेतबारीमा प्राङ्गारिक मलभन्दा अधिकांशले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले मलको मागसमेत बढ्दै कम्पनीले जनाएको छ । मल आपूर्ति हुनासाथ कोटा छुट्टाउने प्रक्रिया छिटो गरिएमा बारम्बार ताकेता गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने शाखा प्रबन्धक शर्माले बताए । 

कोटा छुट्याउने प्रक्रिया लामो हुँदा ढिला गर्न नहुने उनले बताए । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडिसकेको छ । सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावले उत्पादनमा प्रभाव पार्ने देखिएको छ । “कोटा निर्धारण भएर आएको छ, आजबाट दुई जिल्लाका सम्बन्धित बिक्रेतालाई वितरण गर्नेछौंँ”, उनले भने । यस कम्पनीमार्फत तनहुँ र लमजुङका लागि मल आपूर्ति भएको उनले बताए । 

तनहुँका लागि व्यास नगरपालिका–२ गणेशमान चोकस्थित मेलमिलाप कृषि सहकारी संस्थाकी व्यवस्थापक पूजा भट्टराई न्यौपानेले एक सय बोरा मलको माग भएकोमा १० बोरा मात्रै आएको बताइन् । आवश्यक मल नै नआउँदा किसानलाई वितरणमा समस्या हुने गरेको उनले बताइन् ।

कम्पनीमा एक सय ९० मेट्रिक टन युरिया, ६० मेट्रिकटन पोटास र ६० मेट्रिक टन डिएपी मल भण्डारमा रहेको छ । युरिया बढी माग हुने भएकाले आजैबाट वितरण हुनेगर्छ । कम्पनीमा आवश्यकताको ८० प्रतिशत युरिया आपूर्ति भएको छ, भने १० प्रतिशत साल्ट टे«डर्समार्फत पूर्ति हुने बताइएको छ । पोटास र डिएपी भने मागअनुसार वितरण गर्ने गरिएको कम्पनीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending