Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममै थन्कियो

खबरडबली संवाददाता

डुम्रे । खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । 

कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । कोटा निर्धारणमा ढिलाइ हुँदा मल वितरणमा पनि ढिला भएको कम्पनी दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरणका लागि कोटा निर्धारण गर्न ढिला गर्दा समयमा मल वितरण गर्न नसकिएको उनले बताए । हालसम्म जिल्लामा एक सय ९० मेट्रिकटन युरिया मल आएको भए पनि वितरण हुन ढिला भएको उनले बताए । उनले भने, “एक सय ९० मेट्रिक टन मल आइसकेको छ, करिब दुई सय टन मल आउने सम्भावना छ, तर कोटा निर्धारण नभएकोले बाँड्न पाइएको छैन ।” माग छ सय टनको भए पनि दुई सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने उनको भनाइ छ । 

मागअनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको उनले बताए । शाखा प्रबन्धक शर्माका अनुसार एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नुपर्ने हुँदा मलको अभाव रहेको छ । 

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै मागअनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव भएको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव खेप्नुपर्ने अवस्था रहेको छ । 

तनहुँ, लमजुङ र गोरखाका लागि मागअनुसारको रासायनिक मल वितरण गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीमा आएको एक तिहाइ मात्रै मल कोटा निर्धारण गरी किसानलाई वितरण गर्दै आएको जनाएको छ । व्यास नगरपालिका–५ पाटन निवासी मनिसरा आलेले मल बिक्री गर्ने सबै पसलमा धाउँदा पनि मल नपाइएको गुनासो गरे । उनले भने, “विगतका वर्ष जस्तै यसवर्ष पनि रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ताले सताएको छ ।” त्यस्तै व्यास नगरपालिका–५ चिन्तुटार निवासी शङ्कर गुरुङले धानमा मल राख्ने समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको बताए । 

उनले भने, “मल पाइन्छ कि भनेर धेरै पटक धाइयो, तर पाउनै सकिएन, समयमा मल राख्न नपाएपछि कसरी उत्पादन हुन्छ खै खेती ?” पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास एक सय ५० मेट्रिक टन आवश्यक पर्नेमा एक तिहाइ मात्रै आउने गरेको शाखा प्रबन्धक शर्माले जानकारी दिए ।

तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी एक सय ९७  बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उनले बताए ।

सरकारले परिमाणको आधारमा रकम विनियोजन गर्ने हो भने मलको अभाव नहुने उनले बताए । उनले भने, “जति आवश्यक पर्छ सोही परिमाणका आधारमा अनुदान दिइनुपर्छ, रकम विनियोजन गर्दा मूल्य वृद्धि भयो भने परिणाम घटेर मलको अभाव सिर्जना हुन्छ, यसको समाधानमा सरकारले ध्यान दिनु आवश्यक छ ।”  

खेतबारीमा प्राङ्गारिक मलभन्दा अधिकांशले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले मलको मागसमेत बढ्दै कम्पनीले जनाएको छ । मल आपूर्ति हुनासाथ कोटा छुट्टाउने प्रक्रिया छिटो गरिएमा बारम्बार ताकेता गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने शाखा प्रबन्धक शर्माले बताए । 

कोटा छुट्याउने प्रक्रिया लामो हुँदा ढिला गर्न नहुने उनले बताए । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडिसकेको छ । सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावले उत्पादनमा प्रभाव पार्ने देखिएको छ । “कोटा निर्धारण भएर आएको छ, आजबाट दुई जिल्लाका सम्बन्धित बिक्रेतालाई वितरण गर्नेछौंँ”, उनले भने । यस कम्पनीमार्फत तनहुँ र लमजुङका लागि मल आपूर्ति भएको उनले बताए । 

तनहुँका लागि व्यास नगरपालिका–२ गणेशमान चोकस्थित मेलमिलाप कृषि सहकारी संस्थाकी व्यवस्थापक पूजा भट्टराई न्यौपानेले एक सय बोरा मलको माग भएकोमा १० बोरा मात्रै आएको बताइन् । आवश्यक मल नै नआउँदा किसानलाई वितरणमा समस्या हुने गरेको उनले बताइन् ।

कम्पनीमा एक सय ९० मेट्रिक टन युरिया, ६० मेट्रिकटन पोटास र ६० मेट्रिक टन डिएपी मल भण्डारमा रहेको छ । युरिया बढी माग हुने भएकाले आजैबाट वितरण हुनेगर्छ । कम्पनीमा आवश्यकताको ८० प्रतिशत युरिया आपूर्ति भएको छ, भने १० प्रतिशत साल्ट टे«डर्समार्फत पूर्ति हुने बताइएको छ । पोटास र डिएपी भने मागअनुसार वितरण गर्ने गरिएको कम्पनीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending