Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

वीरगञ्जमा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको २४ गतेसम्म एक हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए । उनका अनुसार महानगरले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको छ ।

लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमश: बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताए । उनका अनुसार अहिले दैनिक ५०९६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढेको उनको भनाइ थियो ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०९१२ घण्टासम्म पानी पठाइरहेको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले खासै रुचि देखाएनन्”, उनले भने, “अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।” 

आठ हजार एक सय ग्राहकले नियमित खानेपानी उपभोग गर्दै आएका संस्थानले जनाएको छ । दैनिक ६०९६५ लाख लिटर खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग बीस हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारी दिए ।

महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको उनको भनाइ थियो । हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनाअनुरुप बिस्तारै धारा थप गर्दै लगिने उनले बताए ।

“हरेक वडामा सार्वजनिक धारा जडानका लागि खानेपानी संस्थान र महानगरबीच सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “सम्झौता अनुसार वडावडामा धारा जडान गर्दा लाग्ने खर्च तथा महसुल भुक्तानी महानगरले गर्नेछ ।” उनका अनुसार विभिन्न स्थानमा उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बढिसकेको छ ।

चार महिनादेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई महानगरले टोलटोलमा अस्थायी ट्र्याङ्कीमार्फत खानेपानी वितरण गरिरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताए । उनका अनुसार ट्र्याङ्की पुर्‍याउन नसकिएका स्थानमा ट्र्याङ्करबाट पानी वितरण गरिएको छ ।

ट्र्याङ्करबाट अहिलेसम्म १९ वडामा दैनिक पानी उपलब्ध गराइरहेको बताउँदै नगरप्रमुख सिंहले सात वडामा भने अस्थायी ट्र्याङ्की राखिएको जानकारी दिए । उनका अनुसार खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ । 

खानेपानीको पाइपलाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका  सार्वजनिक स्थानमा धारा राख्ने काम भइरहेको महानगर प्रमुख सिंहको भनाइ थियो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । तत्काल प्राकृतिक रूपमा जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले ट्र्याङ्कीमार्फत अस्थायी रूपमा खानेपानी वितरण गरिरहेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending