देउखुरी । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हालेका छन् ।
शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आएका छन् । “शिक्षकमात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो भने प्रअ भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ ।” उनले भने, “विद्यालयमा महिला प्रअ छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै रु बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेडसरभन्दा दङ्ग परेर हेर्छन् ।” उपमहानगरपालिका भए पनि भौगोलिक हिसाबले विकट रहेकाले यस विद्यालयमा भौतिक संरचना र खानेपानीको अभाव रहेको उनले बताए । बाटो सुविधा पनि राम्रो छैन वर्षात्मा बाढी आयो भने पहिरो खसेर बाटो बन्द हुन्छ ।
घोराही –१ मा रहेको प्राथमिक विद्यालय कर्मकोट सुनिताकुमारी घर्तीले प्रअको भूमिका निर्वाह गर्दै आएका छन् । शिशु कक्षादेखि ५ सम्म रहेको विद्यालयमा ६० विद्यार्थीले अध्ययन गर्दछन् । “प्रअ हुँदा विद्यालयको प्रशासनिकदेखि सम्पूर्ण काम आफ्नो जिम्मेवारी रहेको छ”, उनले भने । कहिलेकाहीँ शिक्षक अनुपस्थिति हुँदा अर्को शिक्षकाले कक्षा हेर्न गर्छौँ । विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानीको सुविधा नभएकाले समस्या हुने गरेको छ ।
सरस्वती माध्यामिक विद्यालय काठेकोलको प्रअ वसन्ता पौडेलले सम्हाल्हेकी छन् । प्राथमिक विद्यालय भैसाहीमा योगमाया अधिकारी, आधारभूत विद्यालय बाम्लामा टुककुमारी रावत, मदरसा दारुलहुदा अल्सफिदा आधारभूत विद्यालयमा ममता खत्री, प्राथमिक विद्यालय श्रीचौरमा यमुना केसी, नारायण प्राथमिक विद्यालय पश्चिम सेवारमा कर्मकुमारी चौधरी, रात्रि प्राथमिक विद्यालय शुक्रबारमा सुशीला पौडेल, रात्रि प्राथमिक विद्यालय बेलुवामा लक्ष्मी नकर्मी श्रेष्ठ, प्रावि सोरेठी रातामाटामा रुका घर्ती, सरस्वती प्राथमिक विद्यालय सुकाखोलामा माधवा पौडेलले प्रअको जिम्मेवारी सम्हाल्हेका छन् ।
महिलाले सम्हालेका विद्यालय जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले बताए । महिला प्रअ भएका विद्यालयमा आर्थिक पारदर्शिता, सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको उनले बताए ।
घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले सामुदायिक विद्यालयमा महिलाको जिम्मेवारी प्रत्येक वर्ष बढाउँदै लगिने जानकारी दिए । सुरुमा सीमित महिला शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको थियो । उनीहरूले राम्रो काम गरेको देखेर अहिले १४ जनालाई प्रअको जिम्मेवारी दिइएको बताए। उनले भने, “महिला शिक्षकले राम्रोसँग विद्यालय सञ्चालन गर्नुभएको छ, धेरै खुसी लागेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: