धनकुटा । उच्च अदालत विराटनगरअन्तर्गत धनकुटा इजलाससहित मातहतका जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० मा ७१ दशमलव १४ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । धनकुटा इजलासले पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।
धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्ला क्षेत्राधिकार रहेको इजलासमा अघिल्लो वर्षको सरेर आएको ७ सय ६५ सहित २ हजार २ सय ७७ मध्ये १ रजिस्ट्रार राजकुमार दाहालले जानकारी दिए ।
सबैभन्दा बढी देवानी १ हजार १ सय १६ त्यस्तै सरकारवादी फौजदारी २ सय ७४, दुनियाँवादी फौजदारी १ सय १९ र पुनरावेदन रिट ३ वटा रहेका छन् ।
त्यस्तै, एक वर्षभित्रका ५ सय ४४ र एक वर्ष नाघेका १ सय १३ मुद्दा रहेको दाहालले बताए । उच्च अदालत विराटनगर, धनकुटा इजलासले ६९ दशमलव ३७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । अन्य चारमध्ये सबैभन्दा बढी संखुवासभा जिल्ला अदालतले ७९ दशमलव ६१ र सबैभन्दा कम भोजपुर जिल्ला अदालतले ६३ दशमलव १ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । तेह्रथुमले ७२ दशमलव ६५ र धनकुटा ६८ दशमलव ८५ फर्स्यौट गरेको छ । उक्त अवसरमा धनकुटा इजलासले गर्ने आगामी योजनाबारे समेत जानकारी दिइएको थियो ।
अदालतका आगामी कार्ययोजनाभित्रै सफ्टवेयर प्रणालीको योजना रहेको न्यायाधीश अञ्जु उप्रेती ढकालले बताइन् । मुद्दाको प्रकृतिको आधारमा प्राथमिकतामा राखिने, अभिलेख डिजिटल प्रणाली, दर्ता चलानी सफ्टवेयरमा लगिने, अनुमानयोग्य कार्यविधिको अवलम्बन गरिने, तोकिएको समयावधिभित्रै मुद्दाको फैसला गरिनेलगायतका अदालतको आगामी कार्ययोजना रहेको सूचना अधिकारी शम्भु भुजेल बताए ।
त्यस्तै, सूचना प्रविधिमैत्री, मेलमिलाप गर्न सकिने मुद्दालाई मेलमिलापकै प्राथमिकता दिइने, न्यायिक जनशक्तिको अभिमुखीकरण तथा दक्षता अभिवृद्धि तालिम, पीडितमैत्री प्रणालीको सुदृढीकरण, कानुनी सहायतालाई प्रभावकारी बनाउनेलगायत योजना अघि सारिएको भुजेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: