Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

खबरडबली संवाददाता

काठमाडौँ  । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृत थप सक्रिय हुनुपर्ने बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे । “व्यावसायिक स्वार्थलाई आत्मसात् गरी निष्ठावान, इमान्दार एवं सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ”, उनले भने ।

उनले कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भएकाले हरेक पलपलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवं नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसात् गरी सिमान्तकृत एवं पीडितवर्गको सारथी भई उनीहरूको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको आन्तरिक सुदृढीकरण एवं प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न सरूवाको मापदण्ड अगाडि बढाएको बताए ।

उनले कानुनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजनाअनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजस्व अभिवृद्धि, चोरीपैठारीलगायत अन्य आपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी बहन गर्नुपर्ने बताए । भीड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नुपर्ने उनको भनाइ थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending