Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

हिमाली क्षेत्रमा पनि बाढीपहिरो, कागबेनीमा कसरी भयो क्षति ?

खबरडबली संवाददाता

काठमाडौं । गत आइतवार आएको बाढीले ‘हिमालपारिको जिल्ला’ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी बजारका २९ वटा घरटहरा र केही सवारीसाधन बाढीले बगाएको अधिकारीहरूले बताएका छन्।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतका अनुसार माथिल्लो तटीय क्षेत्रका मानिसहरूले पूर्वसूचना दिएकाले त्यहाँ मानवीय क्षति भने भएन।

बाढीले गाडी चल्ने एउटा पक्की, तीनवटा काठे र एउटा झोलुङ्गे पुल बगायो। बाढीका कारण ३५ परिवार विस्थापित भएका छन्। उनीहरूलाई स्थानीय होटल र आफन्तको घरमा राखिएको छ।

राहत तथा पूर्वाधार पुनर्निर्माणको काम अघि बढिसकेको अधिकारीहरूले बताएका छन्। कागबेनी हिन्दू र बौद्ध तीर्थस्थल पनि हो। हिन्दू धर्मावलम्बीहरूले त्यहाँ तीर्थश्राद्ध गर्ने चलन छ।

हिमाली क्षेत्रमा बाढीपहिरोको सङ्ख्या बढ्नुलाई कतिपय विज्ञले अस्वाभाविक मान्दै जलवायु परिवर्तनसँग त्यसको सम्बन्ध हुन सक्ने ठानेका छन्।

हिमाली क्षेत्रमा बढ्दो बाढीपहिरो

पछिल्ला केही वर्षमा नेपालका हिमाली तथा 'हिमालपारिका' भनेर चिनिएका मनाङ र मुस्ताङ जिल्लामा पनि बाढीपहिरोका घटना बढेको देखिन्छ। त्यस क्षेत्रमा हिमपहिरो पनि नियमित रूपमा गइरहेको हुन्छ।

नौ वर्षअघि मनाङ र मुस्ताङको सीमा क्षेत्रमा भीषण हिमपात हुँदा ठूलो बाढीपहिरो गएको थियो। त्यसबाट भएको क्षतिलाई त्यतिबेला ठूलो मानिएको थियो।

दुई वर्षअघि मनाङमा पनि ठूलो बाढी आएको थियो। त्यसले मर्स्याङ्दी नदी किनारको बस्तीलाई जोखिममा पार्नुका साथै उक्त जिल्ला जोड्ने सडक लामो समय अवरुद्ध भयो। त्यसै वर्ष मुस्ताङमा दुई पटक ठूलो हिमपहिरो गएको थियो।

पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा बाढीपहिरोका घटना बढ्न थालेको जानकारीहरू भनाइ छ। त्यसको उदाहरणका रूपमा नेपालभित्र मात्र होइन हालै भारतको उत्तराखण्ड र हिमाचल प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भएका बाढीपहिरोका घटनालाई पनि वैज्ञानिकहरूले हेर्ने गरेका छन्।

कागबेनीमा कसरी भयो क्षति ?

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने कागबेनीको माथिल्लो भेगमा गएको एउटा पहिरोले खोला थुन्दा विपत्ति निम्तिएको हो।

“मुक्तिनाथपारिको गाउँमा गएको पहिरोले खोलालाई थुनेको रहेछ। पछि एक्कासि तल आउँदा त्यसले बजारका दुवैतर्फका घरहरू बगाएको हो।” “त्यसबारे पूर्वसूचना भएकाले हामीले सुरक्षाकर्मी खटाएका थियौँ त्यसैले मानवीय क्षति हुन पाएन।”

पक्की पुल बगेपछि अहिले माथिल्लो मुस्ताङतर्फ सवारीसाधन जान नसकेको जानकारी उनले दिए। बेनी-जोमसम सडक पहिरोका कारण अवरुद्ध भएकाले प्रदेश सरकारले पठाएको राहत पनि उक्त क्षेत्रमा पुग्न पाएको छैन।

“यहाँ बर्खामा सडक अवरुद्ध हुन्छ भनेर मानिसहरूले खाद्यान्न पहिले नै जोहो गरेर राख्ने गरेका कारण अभाव छैन। त्यस्तै पर्यटकीय क्षेत्र भएकाले विस्थापितहरूलाई होटलमा पनि राखिएकाले पाल नै टाँगेर राख्नुपर्ने अवस्था पनि छैन,” उनले भने।

उनका अनुसार राहत तथा पुनर्निर्माणको काम सुरु भइसकेको छ।
बिजुलीका २७ वटा पोल बगाएपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको तर त्यो चाँडै पुनर्स्थापित भइसक्ने जानकारी उनले दिए। खानेपानी सेवा भने सुरु भइसकेको अधिकारीहरूको भनाइ छ। 

नेपालमा बाढीपहिरोका घटना

गृह मन्त्रालयका अनुसार नेपालमा विगत १२ वर्षमा बाढी र पहिरोका ४,८८४ घटना भएका छन्। तिनमा परेर २,३६४ जनाको मृत्यु भएको छ। घाइतेको सङ्ख्या ९४३ छ भने १,४२६ जना बेपत्ता भएका छन्।

बाढीपहिरोमा कुल ७७,१६२ परिवार प्रभावित भएका छन्। विगत १२ वर्षमा बाढीपहिरोका कारण झन्डै १९ अर्ब बराबरको आर्थिक नोक्सानी भएको मन्त्रालयको विवरणमा देखिन्छ। यसमा गत असार अन्तिमसम्मको विवरण मात्र समेटिएको छ।

यसपालि मनसुन नेपालमा जेठ ३१ गते (जुन १४) प्रवेश गरेको थियो। मनसुन सुरु भएको पहिलो सातामै पूर्वी नेपालमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको थियो।

हिमाली क्षेत्रमा बाढीपहिरो बढ्नुको कारण 

पछिल्ला वर्षहरूमा हिमाली जिल्लाहरू बाढीपहिरोका घटना वृद्धि हुनुमा प्राकृतिकसँगै मानव गतिविधिहरू पनि कारण हुनसक्ने कतिपय विज्ञहरूको भनाइ छ। यद्यपि त्यसको कारण पत्ता लगाउन विस्तृत अध्ययनको आवश्यकता रहेको कतिपय विज्ञहरू बताउँछन्।

मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डिन तथा वातावरण विज्ञनका सहप्राध्यापक डा. सुदीप ठकुरी पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा पनि सानो क्षेत्रफलमा मुसलधारे वर्ष हुने गरेको देखिएको छ।

“वर्षा कम हुने क्षेत्र भए पनि पछिल्ला वर्षहरूमा ती क्षेत्रमा ठूलो वर्षा हुने गरेको देखिएको छ। त्यस्तो विगतमा हुँदैन थियो भन्ने निश्चित त गर्न सकिँदैन किनभने हामीसँग विगतका सबै विवरणहरू छैनन्,” उनले भने, “त्यो क्षेत्रमा भूगोल पनि एकदमै कमजोर खालको छ। त्यसले पनि बाढीपहिरो जाने सम्भावना बढी हुन्छ।”

कैयौँले हिमाली क्षेत्रका यस्ता गतिविधिलाई जलवायु परिवर्तनसँग जोड्ने गरेका भए पनि उनी त्यसबारे थप विस्तृत अध्ययन हुनुपर्ने आवश्यकता देख्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: