काठमाडाैं । पुरुषहरुले दाह्री जुँगा पालेर अनेकथरी रेकर्ड कायम गर्नु स्वभाविक मानिए पनि अमेरिकामा एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा आफ्नाे नाम लेखाएकी छन् । गिनिज वर्ल्ड रेकर्डस्का अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् ।
विश्वकै सबैभन्दा लामो दाह्री भएकी महिलाको रुपमा उनको नाम गिनिज बुकमा दर्ज भएको हाे । ३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । यो सँगै उनले ७५ वर्षीया भिभियन ह्वीलरको रेकर्ड भंग गरेकी छिन् । भिभियनको दाह्री १०.०४ इन्च लामो थियो ।
समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनन् । हनिकटलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम नामक रोग छ । जसका कारण उनका दाह्रीजुँगा पलाएका हुन् । वास्तवमा हर्मोनको असन्तुलनका कारण यो स्वास्थ्य समस्या पैदा हुन्छ । यसले महिलामा अनियमित रजश्वला, शरीरमा अनावश्यक रौँ पलाउने, वजन बढ्ने जस्ता समस्या देखा पर्दछन् ।
एरिक १३ वर्षकी छँदादेखि नै उनको अनुहारमा दाह्रीजुँगा पलाउन सुरु गरेका थिए । त्यसबाट छुटकारा पाउनका लागि उनले खौरने तथा वाक्सिंग गर्नेलगायतका अनेक उपाय अपनाइन् । उनले दिनमा तीन पटकसम्म खौरिने गर्थिन् । आफ्नो किशोरावस्था देखि यौवनावस्थासम्मै उनले यस्तो जारी राखिन् ।
तर उच्च रक्तचापका कारण भएको स्ट्रोकले आँखाको ज्योति आंशिक रुपमा गुमेपछि उनको जीवनको नयाँ मोड सुरु भयो । त्यसपछि उनले आफ्नो शरीर तथा आफ्नो विषम परिस्थितिलाई स्वीकार गर्ने अठोट गरिन् अनि आफ्नो दाह्री खौरिन छाडेर बढ्न दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: