सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा उत्पादन भएको आलु यतिबेला राजधानिमा धमाधम बिक्री भईरहेको छ । जुगल गाउँपालिकामा उत्पादन भएको आलुले राजधानीमा बजार पाउन थालेपछि सिन्धुपाल्चोक जुगलका किसानहरु आम्दानि गर्न थालेका छन् ।
हिमाली क्षेत्रमा अन्य बालीहरुको तुलनामा आलु खेती धेरै हुने गरेको छ । झण्डै ३ टन आलु विक्री वितरणका लागि राजधानी पुर्याईएको र राजधानी काठमाडाैंमा आलुको खपत राम्रै भएपछि आफूहरुमा हौसला बढेको जुगल गाउँपालिका वडा न ६, स्याउजेका देवीबहादुर श्रेष्ठले बताए ।
यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानहरुले स्थानीय जनप्रतिनिधिले उत्पादित आलुको विक्री वितरणको जिम्मा लिएपछि व्यवसायिकरुपमा आलु खेती थालेका हुन् ।
यसअघि जुगलका किसानहरुले निर्वाहका लागि मात्र आलु खेति गर्दै आएका थिए । हिमाली चिसो हावामा उत्पादित अर्गानिक लेकाली आलुले राजधानीमा राम्रै बजार पाएको जुगल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष टंक तामाङले जानकारी दिए । उत्पादित आलुलाई उपत्यकासम्म निशुल्क ढुवानीको प्रवन्ध भने वडा कार्यालयले लिएको छ ।
आलु ढुवानीकै लागि डेढ लाख रुपैयाँ वडाबाट विनियोजन गरेको पनि उनले जानकारी दिए । खासगरि जुगल ६ का वडा अध्यक्ष टंक तामाङले किसानहरुलाई आलु खेती गर्न हौसला दिंदै बजार व्यवस्थापनको जिममेवारी लिएपछि आफूहरु आलु खेतितर्फ आकर्षित भएको अर्का किसान वसन्त श्रेष्ठले बताए ।
वडा अध्यक्ष तामाङका अनुसार यो वर्ष वडा न ६ मा मात्र झण्डै १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडि नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरि बाटो सोलिङ र स्तोरोन्नति गरेको उनले बताए । वडा न न ६ लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयहरुलाई जोड्दै आर्थिक उपार्जनमा टेवा पुर्याउने योजना वडाले तयार पारेको उनको भनाई छ ।
आलु मात्र हैन हामी विषादीरहित, प्राङ्गारीक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानहरुलाई प्रोत्साहित गर्नेछौं उनले बजारीकरणका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिइ वडा न ६ लाई कृषिमा नमूना वडा बनाउन लागेको बताए ।
आम्दानीको अन्य गतिलो आयस्रोत नभएको कारण आलु उत्पादले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले बताए । जुगलको मुख्य बजार ढाडेमा कृषि उपज संकलन केन्द्र निर्माण हुँदै गरेको जानकारी दिंदै संकलन केन्द्र निर्माण कार्य सम्पन्न पश्चात किसानहरुलाई थप राहत पुग्ने अध्यक्ष स्याङबोको विश्वास छ ।
जुगल हिमालको फेदमा रहेको जुगल गाउँपालिकालाई पर्यटन, पशुपालन र कृषिमार्फत समृद्ध बनाउन पालिकाले विभिन्न योजना तर्जुमा गरेका जानकारी दिंदै उनले संभावित उत्पादन क्षेत्रको अध्ययन गरि आलु पकेट क्षेत्रको घोषणा गर्ने योजना रहको बताए ।
जिल्लाको मुडेमा उत्पादित आलुले राजधानीबासीको मन जित्न सफल भए जस्तै जुगलको आलुले पनि राजधानीबासीको मन जीत्नेमा जुगलबासीहरुको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: