Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

साताको नेप्से ८९ अङ्कले बढ्यो

\"nepse\"काठमाडौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८८।८७ अङ्कले बढेको छ । गत साता यस्तो परिसूचकमा पहिलो दिनको तुलनामा २५।०० अङ्कले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो साता अन्तिम दिन एक हजार २००।९२ अङ्कमा पुगेको छ । यो नै नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो । गत साताको अन्तिम दिन एक हजार ८८।४२ अङ्कमा पुगेको थियो । यस साता एक्सचेन्जमा १६९ कम्पनीको २४ हजार ६३५ कारोबारबाट रु चार अर्ब ९३ लाख नौ हजार बराबरका ८४ लाख २६ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २६।१२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको २१ हजार ४८७ कारोबारबाट रु तीन अर्ब १८ करोड १२ लाख २७ हजार बराबरका ५५ लाख ६४ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका थिए । यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक समूह ११३।६, विकास बैंक ३५।०५, वित्त कम्पनी १४।०२, होटल समूह २१९।५३, बिमा समूहको १४०।९, उत्पादन मुलक समूहको ११३।३८ र अन्य समूहमा ७०।४८ अङ्कले वृद्धि भएको छ भने जलविद्युत् समूह २।५८ र व्यापार समूहमा ६।४१ अङ्कले ओरालो लागेको थियो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पहिलो दिनको तुलनामा २१।०४ अङ्कले बढेर २६२।१० अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता मिर्मिरे माइक्रो फाइनान्सको दुई लाख कित्ता साधारण सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending