काठमाडाैं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'जय हो'को बुधबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा 'जय हो' हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश उपस्थित पाहुनाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्म हेर्न बुधबार न्युरोडस्थित रञ्जना हलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, बरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमामन बनियाँ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, गायक यम बराल, निर्मात्री पुनम गौतम, अभिनेत्री पुजा शर्मा, सुनिशा बजगाई लगायतको उपस्थिति रहेको थियो ।
फिल्म हेरेरपछि मिडियासँग कुराकानी गर्दै सवैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । प्रिमियरमा फिल्म हेर्न अधिकांश पाहुनाले क्लाइमेक्सको प्रशंसा गरेका छन् । फिल्मको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया उपस्थित पाहुना र पत्रकारको थियो ।
चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे । सलोनले कमेडी फिल्म मात्रै होइन 'जय हो' जस्तो सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै प्रशंसामा शब्द खर्चिए । यस्तै अभिनेत्री पुजा शर्माले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । 'दान्भी'को छायांकन छोडेर फिल्म हेर्न आएकोमा आफुलाई पछुतो नभएको उनको प्रतिक्रिया थियो ।
यस्तै, अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले उनको मन जितेको बताए । साथै सिमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए ।
यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनलाई फिल्मका सवै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आखाँलाई शितलता र मनलाई शान्ति मिलेको उल्लेख गरिन् । अभिनेता सलिनमान बनियालाई पनि फिल्म मन परेको बताए । अभिनेता सलोन बस्नेतका मिल्ने साथी भएका कारण पनि उनी लामो समयपछि फिल्मको प्रियियर कार्यक्रममा पुगेका थिए ।
आफु फिल्म हेर्न मात्रै नभई सलोनलाई सपोर्ट गर्न पनि लामो समयपछि फिल्मको प्रिमियर कार्यक्रममा पुगेको बताए । फिल्ममा हेरेर हलबाट निस्कदै गर्दा उस्को मेहनत र अभिनयले फिल्मलाई ज्यान दिएको भन्दै सवै दर्शकले एक पटक हेर्न पर्ने फिल्म बनेको बताए ।
फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको प्रेम पाण्डे कुमार थिङको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...



प्रतिकृया लेख्नुहोस्: