सप्तरी । सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक राईमाथि बलात्कारको आरोप लागेको छ ।
प्रहरी थुनामा परेका वेला गत चैत ६ मा डिएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएकी हुन्।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका वेला हिरासतमै प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार भएको र यातना दिइएको उनको उजुरीमा उल्लेख छ ।
उजुरीमा ती महिलाले गत ६ चैतको राति आफूमाथि दुईपटक बलात्कार भएको उल्लेख गरेकी छन् । उजुरीमा उल्लेख गरिएअनुसार नाम थाहा नभएका एक प्रहरीले सोधपुछका लागि हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी राईकहाँ पुर्याएका थिए । त्यसपछि मादक पदार्थ सेवन गरेर बसेका डिएसपीले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबर्जस्ती करणी गरेका थिए ।
सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर दोस्रोपटक बलात्कार गरेपश्चात् डिएसपी राईले कसैलाई भने २० वर्षसम्म जेलमा सडाइदिने धाक–धम्की दिएको उजुरीमा उल्लेख छ । बलात्कारको घटनाबारे कसैलाई नभने अभियोगबाट छुटाइदिने र जागिरमा समेत लगाइदिने प्रलोभन दिई आफूलाई अनुचित प्रभावमा पारेको पीडित महिलाले बताएकी छन् ।
ती महिलासँगै एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले आफूहरू र ती महिलालाई प्रहरीले अलग व्यवहार गर्ने गरेको बताएका छन् । उनीहरूका अनुसार अन्यलाई थुनवा कक्षमा राखिने गरे पनि ती महिलालाई दिनभर प्रहरी कार्यालयको बरन्डामा खुला रूपमा बस्न दिने गरिएको थियो । रात परेपछि मात्र उनलाई हिरासत कक्षमा ल्याउने गरिएको थियो ।
घटनाको केही दिनपछि १२ वैशाखमा अकस्मात् पेट दुखेपछि ती महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । पीडित महिलाका अनुसार मौका छोपी उनले अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरी अधिकृतबाट ६ चैतको राति आफू बलात्कारमा परेको तथा कसैलाई भने २० वर्ष जेलमा थुनाएर सडाइदिने धम्की दिएको जानकारी गराएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार लगत्तै घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएको थियो । ‘उपचारका लागि ल्याइएकी ती महिलाले आफूमाथि जबर्जस्ती करणी भएको सुनाएपछि हामीले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थियौँ, तर प्रहरीले अनुसन्धान नै गरेन,’ अस्पतालका एक कर्मचारीले भने ।
डिएसपी राईले भने आफूमाथि निराधार आरोप लगाइएको बताए । ‘एउटा कुनै घटनाको अनुसन्धान गर्दा यस्तो आरोप लगाइन्छ भने भोलि अरू घटनाका अनुसन्धान प्रहरीले कसरी गर्न सक्ला ? ममाथि निराधार आरोप लगाइएको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले महिलाको उजुरीबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए । ‘यस विषयमा अनुसन्धान थालेका छौँ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट सिसिटिभी फुटेज पनि मगाएका छौँ,’ उनले भने, प्रहरीलाई फसाउने साजिस पनि हुन सक्छ, त्यसैले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’ साैरभ यादवले राजविराजबाट नयाँपत्रिकामा याे खबर लेखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: