रुपन्देही । नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले यही अवस्थामा एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयाेजना गरेकाे सन्देश सभामा सम्वाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए । उनले भने– नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।
विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणा सभामा उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे ।
यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ । राजनीतिक धेरै उपलब्धी धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धी भएनन् अब एक्लै हिँडेर त्यो उपलब्धी हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, नेता विप्लवले भने– विश्वबाट नै दलाल पूँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको, यसले नैराश्यता हटाउन सहयोग गर्ने उनको दावी छ, धेरै उलपब्धी भएका छन् ।
उनले नेपाली जनता संघर्षमा गुज्रेका छन् भन्ने मात्र होइन त्यो संघर्ष मानेर नयाँ चिज खोजेको र पुरानाबाट धेरै चिज संभव नभएको दावी गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् । ‘धेरैलाई आश्चर्य लागेको छ, सरकारको नेतृत्व गरेका प्रचण्डको नेतृत्वमा किन मोर्चा बन्यो, नेकपा किन सहभागी भयो, यसमा प्रचण्डको ठूलो त्याग छ, सत्ता र यो मोर्चा फरक हो’, उनले भने ।
महासचिव विप्लवले भने, ‘यो देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेका छौं, त्यसैका लागि यो मोर्चा बनेको हो, हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: