काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सिले यो संसदीय व्यवस्था रहेसम्म मुलुकको विकास नहुने बताएका छन् । समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै उनले संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने बताएका हुन् ।
नेपाललाई यहाँसम्म पुर्याउने माओवादी हो। नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ। यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ।’
प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिँजाइरहेको उनले बताए । यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको विप्लवको भनाइ छ । ‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१ औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्त्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो,’ उनले भने।
सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उनले बताए । ‘हामी जनयुद्धको बेलाको सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौं। तर अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन,’ उनले भने।
विप्लवले अहिलेको मोर्चा सरकारमा को बस्ने/नबस्ने भन्ने कुरा नभएको र सफल क्रान्तिको मामिला भएको पनि बताए । ‘आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको हो। आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारविरुद्ध लड्न साथ दिने पनि उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: