दोलखा । दोलखामा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या अत्यन्तै न्यून देखिएको छ । जिल्लामा २०७७ साल असार १७ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएपनि हालसम्मको अवधिमा ३२ हजार ७ सय २६ जनाले मात्रै राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।
जसमा २० हजार २ सय ९१ जना पुरुष र १२ हजार ४ सय ३५ जना महिला रहेका छन् । सरकारले सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणका रुपमा मान्यता दिएका कारण राष्ट्रिय परिचयपत्र हरेक नेपाली नागरिकले बनाउन आवश्यक छ । परिचयपत्र लागु भएपछि नेपाल सरकारबाट प्रदान गरिने कुनैपनि सेवासुविधा प्राप्त गर्न वा त्यस्तो सेवासुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्ने दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । दोलखामा विशेषगरी विदेश जाने प्रयोजनका लागि राहदानी बनाउन आउनेहरुले मात्रै परिचयपत्र बनाएको पाइएको छ । प्रशासन कार्यालयमा दैनिक ६० देखि ७० जनाले परिचयपत्र बनाउने गरेका छन् ।
यसैवीच, दोलखामा गत आर्थिक वर्ष २०७९/८० मा ८ हजार ९ सय २१ जनाले राहदानी लिएका छन् । ५ हजार ७ सय महिला र ३ हजार ३ सय २१ जना पुरुषले गत आर्थिक वर्ष प्रशासन कार्यालयबाट राहदानी लिएका छन् । यो तथ्यांकलाई हेर्दा दोलखामा पुरुषको तुलनामा २ हजार ३ सय ७९ जना बढी महिलाले राहदानी लिएका हुन् । महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउने महिलाको संख्या पनि बढी देखिएको सहायक प्रजिअ आलेले बताए । गत आर्थिक वर्ष ५२ जनाले दु्रत गतिमा सिफारिस लिएर राहदानी बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष २०७९/८० मा १६ हजार २ सय ९२ जनाले नागरिकता लिएका छन् । ७ हजार ७ सय ४३ महिला र ८ हजार ५ सय ४९ जना पुरुषले नागरिकता लिएका हुन् । जसमा वंशजको आधारमा ७ हजार २ सय ६७ र प्रतिलिपि नागरिकता ९ हजार २५ जनाले लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: