Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

नाै जिल्लाका स्थानीयतहकाे अख्तियारमा लाग्याे उजुरीका चाङ

खबरडबली संवाददाता

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा नाै जिल्लाका स्थानीयतहमा भएकाे अनियमितताकाे उजुरीकाे चाङ लागेकेा छ । अधिकांश स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पद र मर्यादा विपरित अनियमितता गरेको भन्दै स्थानीय स्तरबाट  उजुरी परेको हाे ।

कोशी प्रदेश ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बु, मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी र सर्लाही, र बाग्मती प्रदेशको सिन्धुली र रामेछाप गरी  ९ जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा स्थानीय तहको कामकारवाहीबारे गुनासो निकै बढेकाे छ । 

गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ११४७ वटा उजुरी दर्ता भएको अख्तियार कार्यालयमा चालु आर्थिक वर्षको मात्र एक महिनामा  ३१३ वटा गरी जम्मा १४६० वटा भ्रष्टाचारसम्बन्धी उजुरीहरू दर्ता भएका छन् । जसमध्ये ११३ वटा फछ्र्यौट भइसकेका छन् भने १३४७ वटा अझै फछ्र्यौट हुन बाँकी रहेको अख्तियार बर्दिबास कार्यालयले जनाएको छ । 

तहगत रुपमा सबैभन्दा बढी स्थानीय तहमाथि उजुरीहरू परेको तथ्यांकले देखाएकाे छ । कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गत वर्ष र चालु आर्थिक वर्षको एक महिनामा हालसम्म स्थानीय तहमाथि ११४५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ६५ वटाको फछ्र्यौट भइसकेका छन् भने १०८० वटा अहिले पनि कानुनी प्रक्रियामै रहेका  छन् । 

सबैभन्दा कम संघीय कार्यालयमाथि उजुरी दर्ता भएका छन् । यस अवधिमा संघमाथि दर्ता भएको उजुरीको संख्या मात्रै १३५ रहेको छ जसमध्येबाट १९ वटा फछ्र्यौट भइसकेको र ११६ वटा हुन बाँकी छ । प्रदेश सरकारमाथि १८० वटा उजुरी परेका छन् । 

उजुरीहरूको प्रवृत्ति हेर्दा सबैभन्दा बढी सार्वजनिक खरिद र निर्माण सम्बन्धमा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको भनि उजुरी दर्ता हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय, बर्दिबासका शाखा अधिकृत सुनिल चौरसियाले बताए  । 

गलत इस्टिमेट, बजेट टुक्राएर खरिद गर्ने, गलत नियत राखेर स्पेशिफिकेशन तयार गर्ने, आवश्यकभन्दा धेरै सामग्रीहरू खरिद गरेर थुपार्ने, जिन्सी दाखिला नगर्ने वा गलत प्रतिवेदन तयार पार्ने,गुणस्तरहीन निर्माण, गलत मूल्यांकन, जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिबाट बनाउने र अनावश्यक डीपीआर तयार गर्ने जस्ता कार्यहरूबारे उजुरी आउने गरेको चौरसीयाले बताए । 

त्यसैगरी प्रशासनिक कार्यसम्बन्धी, तालिम र क्षमता विकासमा भ्रष्टाचार, सेवा प्रवाहमा अनियमितता, नक्कली शैक्षिक प्रमाणपत्र र लाइसेन्स सम्बन्धी, विद्यालय क्षेत्रसम्बन्धी, विषयगत क्षेत्र, सामाजिक सुरक्षा भत्तासम्बन्धी, राजश्व चुहावटलगायतका विषयमा उजुरीहरू आउने गरेको चौरसीयाले जानकारी दिए । अख्तियार कार्यालयमा उजुरीहरूको चाङ लाग्दा पनि फछ्र्यौटमा विभिन्न समस्याले गर्दा ढिलाइ हुने गरेको अख्तियारले जनाएको छ ।  

मधेश प्रदेशका चारवटा जिल्लाहरू कार्यक्षेत्र रहेर काम गरिरहेको बर्दिबास अख्तियार कार्यालयमा सबैभन्दा बढी धनुषा जिल्लाबाट भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् । हालसम्म कार्यालयमा धनुषाबाट ४४२ वटा उजुरी दर्ता भएका छन् भने सिरहाबाट २९५, महोत्तरीबाट २८० र सर्लाहीबाट २३६ वटा उजुरी दर्ता भएका छन् ।

धनुषामा पनि सबैभन्दा बढि उजुरी दर्ता जनकपुरधाम उपमहानगरपालिकाको कामकारवाहीहरूको विषयमा भएको अख्तियार कार्यालयले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending