Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

वल्र्ड प्रिमियरकालागि गोर्खा वारियर बेलायतबाट सेन्सर पास

खबरडबली संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा रेड कार्पेट प्रिमियर हुँदैछ ।

सो रेड कार्पेट प्रिमियरको लागि यो चलचित्र बेलायतमा सेन्सर पास भएको छ । यो चलचित्रले बेलायतमा प्रदर्शन गर्दा १५ वर्ष वा सो भन्दा माथिका उमेर समुहले हेर्न पाउने सेन्सर सर्टिफिकेट बेलायतको फिल्म सेन्सर बोर्डबाट पाएको छ ।

सेन्सरबारे यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले भने,‘गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो चलचित्रमा गोर्खालीहरुले मलाया युद्धमा सफलता हाँसिल गरेका दृष्यहरु समेटिएका छन् । द्धन्द्धयुक्त ती युद्ध दृष्यहरुलाई मध्यनजर राख्दै यहाँको सेन्सर बोर्डले यसलाई १५ वर्ष भन्दा माथिका दर्शकले हेर्न मिल्ने गरी सेन्सर सर्टिफिकेट प्रदान गरेको हो ।’

यो रेड कार्पेट प्रिमियरको लागि बिगत दुई साता देखि बेलायतमा तयारी गरिरहेका निर्माता निर्देशक चाम्सले भने,‘हामी १० सेप्टेम्बरमा यहाँको आइम्याक्स सिनेवर्ल्डमा गोर्खा वारियरको प्रिमियरको पूर्ण तयारीमा छौं ।

यो प्रिमियरमा सहभागी हुन हामीले बोलाएका पाहुनाहरु देश बिदेशबाट धमाधम यहाँ आईरहनु भएको छ र भोली बिहानसम्म उहाँहरु सबै आईपुग्नु हुनेछ ।’ उनले अगाडि थपे,‘यो प्रिमियरका लागि नेपालबाट यस चलचित्रका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सम्बन्धित संघ संस्थाका पदाधिकारी एवम् डिप्लोम्याट्सहरु पनि बेलायत तर्फ उडिसक्नु भएको छ ।’

वेलायतमा हुने यो अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली चलचित्रलाई विश्वमा चिनाउने र नेपाली चलचित्रको बजार विश्वव्यापी रुपमा विस्तार हुनेमा आफुहरु विश्वस्तरहेको पनि उनले बताएका छन् ।
‘बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलचित्र गोर्खा वारियरको सफलताको लागि शुभकामना दिनु भएको छ भने हाम्रो चलचित्रको अन्तराष्ट्रिय प्रिमियरका लागि नेपाल तथा बेलायतमा रहेको विभिन्न संघ सँस्थाबाट धमाधम शुभकामना प्राप्त भएको छ ।

यो शुभकामनाले हामीलाई अझ धेरै हौसला थपेको छ र हामी नेपालीको शिर उच्च बनाउने अभियानमा सफल भईरहेका छौं ।’ निर्देशक चाम्सले भने । उनका अनुसार यो चलचित्रको सफलताको लागि नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज तथा बेलायतमा रहेको विभिन्न संघ संस्थाबाट सफलताको शुभकामना प्राप्त भएको छ ।

यो चलचित्र यही १० सेप्टेम्बर अर्थात २४ भदौमा बेलायतको समय अनुसार मध्यान्न १२ बजेबाट लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा प्रिमियर कार्यक्रम सुरु हुने भएको छ । प्रिमियरमा यसपटक हलिउडका सेलिब्रेटी देखि बेलायत तथा नेपालका सेलिब्रेटी समेत सहभागी हुँदैछन् ।

बेलायतका राजपरिवार, सरकारी तथा कुटनीतिक नियोगका विशिष्ट व्यक्तित्वहरु, ब्रिटिस सेनाका अफिसरहरु, त्यहाँ रहेका विभिन्न नेपाली नियोग तथा संघ संस्थाका पदाधिकारीहरु पनि रेड कार्पेट प्रिमियरमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएका छन् । यो प्रिमियरको लागि लन्डानको महानगर प्रहरीले सुरक्षा दिने भएको छ ।

गोर्खा वारियरको ऐतिहाँसिक रेड कार्पेट प्रिमियरको सम्पूर्ण टिकेट गत साता नै बिक्री भईसकेको छ । अझै थुप्रै प्रिमियर शो बेलायतमा राख्नको लागि उच्च माग आएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । गोर्खा वारियर प्रिमियर तयारीको समाचारलाई कैयौं अन्तराष्ट्रिय सञ्चार माध्यमले उच्च महत्वका साथ प्रकाशन प्रशारण गरेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन् ।

चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।

यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending