Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

वल्र्ड प्रिमियरकालागि गोर्खा वारियर बेलायतबाट सेन्सर पास

खबरडबली संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा रेड कार्पेट प्रिमियर हुँदैछ ।

सो रेड कार्पेट प्रिमियरको लागि यो चलचित्र बेलायतमा सेन्सर पास भएको छ । यो चलचित्रले बेलायतमा प्रदर्शन गर्दा १५ वर्ष वा सो भन्दा माथिका उमेर समुहले हेर्न पाउने सेन्सर सर्टिफिकेट बेलायतको फिल्म सेन्सर बोर्डबाट पाएको छ ।

सेन्सरबारे यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले भने,‘गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो चलचित्रमा गोर्खालीहरुले मलाया युद्धमा सफलता हाँसिल गरेका दृष्यहरु समेटिएका छन् । द्धन्द्धयुक्त ती युद्ध दृष्यहरुलाई मध्यनजर राख्दै यहाँको सेन्सर बोर्डले यसलाई १५ वर्ष भन्दा माथिका दर्शकले हेर्न मिल्ने गरी सेन्सर सर्टिफिकेट प्रदान गरेको हो ।’

यो रेड कार्पेट प्रिमियरको लागि बिगत दुई साता देखि बेलायतमा तयारी गरिरहेका निर्माता निर्देशक चाम्सले भने,‘हामी १० सेप्टेम्बरमा यहाँको आइम्याक्स सिनेवर्ल्डमा गोर्खा वारियरको प्रिमियरको पूर्ण तयारीमा छौं ।

यो प्रिमियरमा सहभागी हुन हामीले बोलाएका पाहुनाहरु देश बिदेशबाट धमाधम यहाँ आईरहनु भएको छ र भोली बिहानसम्म उहाँहरु सबै आईपुग्नु हुनेछ ।’ उनले अगाडि थपे,‘यो प्रिमियरका लागि नेपालबाट यस चलचित्रका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सम्बन्धित संघ संस्थाका पदाधिकारी एवम् डिप्लोम्याट्सहरु पनि बेलायत तर्फ उडिसक्नु भएको छ ।’

वेलायतमा हुने यो अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली चलचित्रलाई विश्वमा चिनाउने र नेपाली चलचित्रको बजार विश्वव्यापी रुपमा विस्तार हुनेमा आफुहरु विश्वस्तरहेको पनि उनले बताएका छन् ।
‘बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलचित्र गोर्खा वारियरको सफलताको लागि शुभकामना दिनु भएको छ भने हाम्रो चलचित्रको अन्तराष्ट्रिय प्रिमियरका लागि नेपाल तथा बेलायतमा रहेको विभिन्न संघ सँस्थाबाट धमाधम शुभकामना प्राप्त भएको छ ।

यो शुभकामनाले हामीलाई अझ धेरै हौसला थपेको छ र हामी नेपालीको शिर उच्च बनाउने अभियानमा सफल भईरहेका छौं ।’ निर्देशक चाम्सले भने । उनका अनुसार यो चलचित्रको सफलताको लागि नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज तथा बेलायतमा रहेको विभिन्न संघ संस्थाबाट सफलताको शुभकामना प्राप्त भएको छ ।

यो चलचित्र यही १० सेप्टेम्बर अर्थात २४ भदौमा बेलायतको समय अनुसार मध्यान्न १२ बजेबाट लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा प्रिमियर कार्यक्रम सुरु हुने भएको छ । प्रिमियरमा यसपटक हलिउडका सेलिब्रेटी देखि बेलायत तथा नेपालका सेलिब्रेटी समेत सहभागी हुँदैछन् ।

बेलायतका राजपरिवार, सरकारी तथा कुटनीतिक नियोगका विशिष्ट व्यक्तित्वहरु, ब्रिटिस सेनाका अफिसरहरु, त्यहाँ रहेका विभिन्न नेपाली नियोग तथा संघ संस्थाका पदाधिकारीहरु पनि रेड कार्पेट प्रिमियरमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएका छन् । यो प्रिमियरको लागि लन्डानको महानगर प्रहरीले सुरक्षा दिने भएको छ ।

गोर्खा वारियरको ऐतिहाँसिक रेड कार्पेट प्रिमियरको सम्पूर्ण टिकेट गत साता नै बिक्री भईसकेको छ । अझै थुप्रै प्रिमियर शो बेलायतमा राख्नको लागि उच्च माग आएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । गोर्खा वारियर प्रिमियर तयारीको समाचारलाई कैयौं अन्तराष्ट्रिय सञ्चार माध्यमले उच्च महत्वका साथ प्रकाशन प्रशारण गरेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन् ।

चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।

यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending