काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो ।
बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् ।
ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।
ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, नबिल बैंक, स्टयान्डर्ड चार्टड बैंक, एनआईसी एसिया बैंक र नेपाल एसबीआई बैंक छन् । असोजका लागि ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, एनएमबी बैंक, माछापुछ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
गत महिनामा अर्थात भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर १० दशमलव ३२५ प्रतिशत रहेकोमा असोजका लागि अधिकतम ब्याजदर १० दशमलव २६४ प्रतिशतमा झरेको छ ।
यद्यपि, आठवटा बैंकले भने अधिक तरलताका बाबजुद पनि ब्याजदर बढाएका छन् । यद्यपि, औसतमा ब्याजदर घटेको छ । केही बैंकले ब्याजदर बढाउँदैमा ब्याजदर बढ्यो भन्न मिल्दैन । नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकलाई दिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...


प्रतिकृया लेख्नुहोस्: