काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्र सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको बताएका छन् । विश्व फार्मेसी दिवस अवसरमा नेपाल फार्मेसी संघद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले यस्ताे बताएका हुन् ।
उनले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधार प्रयासका लागि निर्देशनसमेत दिए । ‘अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधी होइन, विषादी दिइरहेको पायौं । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार भएको छैन । कारबाही प्रक्रिया निरन्तर अघि बढेको छ’, उनले भने। उनले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन फार्मासिस्टसँग आग्रह गरे ।
केही फार्मासिस्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिस्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको उनले बताए । चिकित्सकको सिफारिसबिना लागूऔषध पनि वितरण भइरहेकोले यस क्षेत्रको विकृतिलाई हटाउन सबै गम्भीर बन्न आवश्यक रहेकाे उनले बताए । उनले फार्मेसीको संख्याअनुसार फार्मसिष्ट परिचालन नभएको बताए । कार्यक्रममा मन्त्री बस्नेतलाई संघले फार्मेसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो ।
संघ उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे । फार्मासिस्टले गैरफार्मेसी व्यक्तिले औषधी पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्यांकन अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको गुनासो गरे । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको बताए। उनले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्नेमा जोड दिए ।
नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिइनुपर्ने धारणा व्यक्त गरे । प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ। यस वर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। नेपालमा ६ हजार फार्मासिस्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिस्ट रहेको सरकारी तथ्यांक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: