Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

परनिर्भर हुँदै मुलुक- तरकारीदेखि मकैसम्म आयातकै भर

खबरडवली संवाददाता
काठमाडौं । मुलुक परनिर्भर हुँदै स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयातमा निरन्तर अघि बढिरहेको छ । नेपालमै उत्पादन हुनसक्ने कृषि उत्पादन नै बर्सेनि आयात हुन थालेसँगै मुलुक परनिर्भर बन्दै गएको हो । तरकारी, धान, चामल, भटमासको तेल, सूर्यमुखी तेल, औषधिलगायतका सामग्री आयात बढिरहेको छ । विद्युत्ले प्रतिस्थापन गर्न सकिने इन्धनको आयातमा कमी नआउँदा पनि मुलुक परनिर्भरको चपेटामा पर्दै गएको हो । नेपालमा अत्यधिक आयात हुने प्रमुख वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, सुन, औषधिका कच्चा सामग्री, कोइला, युरिया, भटमासको तेल, धान, सूर्यमुखीको कच्चा तेल, मेडिकल उपचारका लागि आवश्यक सामग्री, अर्धनिर्मित फलामजन्य उत्पादन, छड, आटा, हवाईजहाज तथा पार्टपूर्जा, बिटुमन, पेयपदार्थ र मकैलगायत छन् । मुलुकको व्यापार घाटा बढाइरहेको प्रमुख कारक तत्वका रूपमा रहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्नेगरी विद्युत्को उपयोग गराउन नीति लिन सकिने अवस्था रहँदा पनि सरकारले बिजुली निर्यात गर्नेमा ध्यान दिएको मात्रै देखिएको छ । मुलुकमा नै बिजुली उपभोग गराउन प्रचार गर्ने र उत्प्रेरित गर्ने कार्य गर्न सकिएको छैन । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात हुँदा पेट्रोलियम पदार्थको आयात ३३ अर्ब ७२ करोड रुपैयाँको भएको छ । साउन र भदौ महिनामा विकास निर्माण नहुने भएकाले खासै पेट्रोलियम पदार्थको खपत नहुने समयमा समेत ३४ अर्बको आयात हुनु परनिर्भरताको पराकाष्ठा भएको विज्ञहरूको भनाइ छ । भन्सार विभागका अनुसार दुई महिनामा ७ अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, ५ अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँबराबरको पेट्रोल आयात हुँदा ३ अर्ब ८२ करोड ७ लाख ३५ हजारको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, ३ अर्ब ७४ करोडको फलामजन्य उत्पादन र ३ अर्ब ३६ करोडको स्टिल तथा फलामका पाता आयात भएका छन् । ५ अर्ब ३६ करोड ५२ लाखको स्मार्ट फोन र २ अर्ब ९० करोडको धान आयात भएको छ । रासायनिक मलसहित अन्य युरिया मात्रै ३ अर्ब २४ करोड १७ लाखको आयात भएको छ । सुन मात्रै ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँको आयात भएको देखिएको छ । ३ अर्ब ५३ करोड ३१ लाखको कोइला आयात भएको छ । विभागका अनुसार २ अर्ब ९६ करोड ५० लाखबराबरको भटमासको कच्चा तेल आयात भएको छ । यसैगरी, २ अर्ब ८८ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: