काठमाडौं । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्ममा सरकारलाई सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २३ खर्ब ९ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋणलाई प्रतिव्यक्ति दायित्वको हिसाबले औषतमा ७९ हजार २०१ रूपैयाँ पर्न आउँछ । कुल ऋणलाई कुल जनसंख्याले भाग गर्दा यो तथ्यांक निकाल्ने गरिन्छ। यो ऋण सरकारले तिर्ने हो कुनै व्यक्तिले तिर्नु पर्दैन ।
कुल ऋणलाई नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ ले भाग गरेर सो रकम निकाल्ने गरिन्छ । आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड रूपैयाँ रहेको छ । त्यसैगरी बाह्य ऋणको दायित्व भने ११ खर्ब ६९ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ ।
कार्यालयका अनुसार भदौमा मात्रै ४९ अर्ब २३ करोड रूपैयाँको ऋण थपिएको छ । सरकारले भदौमा मात्रै आन्तरिकतर्फ ४४ अर्ब २६ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ भने बाह्य तर्फबाट ४ अर्ब ९७ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ ।
सरकारले साउनमा आन्तरिक ऋण २५ अर्ब ८४ करोड र भदौमा १५ अर्ब ७६ करोड रूपैयाँ लिएको थियो । दुवै महिनामा गरेर आन्तरिक ऋण ४१ अर्ब ६१ अर्ब लिएको थियो ।
त्यसैगरी सरकारले साउन महिनामा आन्तरिक ऋणको २२ अर्ब ७ करोड रूपैयाँ सावाँ भुक्तानी गयो भने भदौमा १० अर्ब ७५ करोड रूपैयाँ भुक्तानी गरेको छ । दुई महिनामा आन्तरिकतर्फ ३२ अर्ब ८३ करोड रूपैयाँको सावाँ भुक्तानी गर्यो । सरकारले साउन महिनामा आन्तरिकतर्फ तीन अर्ब ७६ करोड ब्याज र भदौमा पनि पाँच अर्ब आन्तरिकतर्फको ब्याज भुक्तानी गर्यो ।
सरकारले चालु आवको साउन महिनामा बाह्यतर्फको एक अर्ब २३ करोड रूपैयाँ सावाँ भुक्तानी गर्यो भने भदौमा पनि चार अर्ब ६४ करोड गरी कुल पाँच अर्ब ८८ करोड रूपैयाँ सावाँ भुक्तानी गरेको थियो । त्यसैगरी बाह्यतर्फको ब्याज साउनमा ६६ करोड र भदौमा एक अर्ब ६२ करोड रूपैयाँ भुक्तानी गरेको छ । दुवै महिनामा बाह्यतर्फको दुई अर्ब २८ करोड रूपैयाँ ब्याज भुक्तानी गरेको छ ।
सरकारले भदौमा मात्रै आन्तरिकतर्फ ३८ अर्ब ६१ करोड रूपैयाँ ऋणको सावाँ भुक्तानी गरेको छ । सरकारले बाह्यतर्फ पाँच अर्ब ८८ करोड रूपैयाँ सावाँ भुक्तानी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - ०७:२८
काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...
माघ ९ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...
माघ ९ गते, २०८२ - ०७:१३
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...
माघ ९ गते, २०८२ - ०७:१०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...
माघ ९ गते, २०८२ - ०७:०८
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...
माघ ९ गते, २०८२ - ०६:५८
काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनल...
माघ ९ गते, २०८२ - ०६:५६
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला ल...
माघ ९ गते, २०८२ - ०६:५४
म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ...
माघ ९ गते, २०८२ - ०६:५२
झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्...
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...




प्रतिकृया लेख्नुहोस्: